कालिकोट – कर्णाली प्रदेश योजना आयोगका सदस्य एवम समाजसेवी अशोकनाथ योगिले कर्णाली विकासको मोडल फरक गरिने वताए ।
नेपाल पत्रकार महासंघ कालिकोटले आयोजनामा आइतबार जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा आफ्नो धारणा राख्दै योजना आयोगका सदस्य योगिले कर्णाली विकासको मोडलनै फरक वनाउने योजना रहेको वताउनु भएको हो । उहाँले कर्णालीका रणनीति,वहुवर्षीय आयोजनाको कार्यान्वयन वैंक स्थापना गरिएको विषयमा जानकारी दिए ।
कार्यक्रममा पत्रकारहरुलाई कर्णाली प्रदेश योजना आयोगले प्रकाशन गरेको दोस्रो पञ्चवर्षिय योजना हस्तानत्रण गनु भएको थियो । साथै उहाँले जेनजी आन्दोलनको मर्म अनुसार प्रदेश सरकारले शुसासनको मुद्धालाई गम्भिरताकासाथ लिएको वताउनु भयो । यसैगरि कर्णालीलाई कार्यान्वयन प्रक्रियामा अर्गानिक वनाउने प्रयास भइरहेको वताए । लामाे समयदेखि कालिकोट जिल्लामा सामाजिक सेवामा रहि राजनिती मा अब्बलनै हुनुहुन्छ ।


















Discussion about this post