Online News Khabar

३ हजार विपन्न बालबालिकालाई शैक्षिक सामग्री

868
SHARES
1k
VIEWS

कालिकोट — हातमा किताब च्यापेर पोसाक नलगाएर विद्यालय जाने नरहरिनाथ ८ खीरचौका लालुका ११ वर्षीय चम्फे दर्जी अचेल ड्रेसमा नयाँ झोला भिरेर विद्यालय जान थालेका छन् ।

दमबाट थलिएर बुवा कुसे दर्जीको दुई वर्षअघि निधन भएपछि आमा विस्नाले दोस्रो बिहे गरिन् । उनका ५ भाइबहिनी बेसहारा भए । वृद्ध बाजे मान सिंहसँग बस्दै आएका चम्फे कापी–कलम नपाउँदा विद्यालय पनि नियमित थिएनन् ।

गत महिना झोला, विद्यालय पोसाक, वर्षभरिलाई पुग्ने कपी, डटपेन, ज्यामिति बक्स, सिसाकलम, कटर, इलेजरलगायत सामग्री पाएपछि अचेल गाउँको मंगलासैनी माविमा नियमित जान थालेका छन् । ‘पहिले त महिनामा ६र७ दिन मात्र स्कूल आउँथे,’ प्रधानाध्यापक पंखवहादुर विष्टले भने, ‘ड्रेससहितका शैक्षिक सामग्री पाएपछि नियमित आउँछन् ।’

अछामको रामारोसन–३ झातामा जन्मिएका १५ वर्षीय अर्जुन ढोली ९दमाई जनप्रभात मावि लालुमा कक्षा ९ का विद्यार्थी हुन् । उनी २ वर्षको उमेरदेखि कालीकोटमा मामाघरमा बस्दै आएका छन् । उनी ४ महिनाको हुँदा बुवा बजिरे ढोलीको भारतमा मृत्यु भएपछि आमा पार्वतीले दुई वर्षको उमेरमा कालीकोटको नरहरिनाथ–९ लालुमा छाडेर अन्यत्रै बिहे गरेर गइन् । बृद्ध बाजे बजैसँग बस्दै आएका अर्जुनलाई कापी कलम जुटाउनै मुस्किल थियो । उनले मंसिर दोस्रो साता विद्यालयबाट संस्थाको सहयोगमा शैक्षिक सहयोग पाए । ‘झोला थिएन, हातमै किताब च्यापेर विद्यालय जान्थेँ,’ अर्जुनले भने, ‘ड्रेस र कापी–कलम, झोला सबै पाएपछि अहिले खुसी छु ।’ विदाको दिन गाउँमा बाजा बजाउन जाने अर्जुनको १२ कक्षासम्म पढेर गीत रेकर्ड गरी गायक बन्ने ठूलो धोको छ ।

शैक्षिक सहयोग पाएपछि अर्जुनको विद्यालय नियमितता पनि बढेको प्रधानाध्यापक निर्मलकुमार विष्टले बताए । ‘कापी–कलम जुटाउनै मुस्किल हुने विपन्न बालबालिकाले सहयोग पाए,’ उनले भने, ‘अचेल त उत्साहित हुँदै विद्यालय आउँछन् ।’ उनले विपन्न र जोखिममा रहेका बालबालिकाले शैक्षिक सहयोग पाएपछि विद्यालयको नियमितता पहिलेको भन्दा बढेको सुनाए । भदौदेखि कात्तिकसम्म १३ दिन मात्र विद्यालय आएका अर्जुनको हाजिरी मंसिरयता ३५ दिन पुगेको सुनाउँदै प्रअ विष्टले कापी–कलम नपाउँदा विद्यालय नियमित नहुने बालबालिका अचेल नियमित आउन थालेको दाबी गरे । उनको विद्यालयका ६० जना विपन्न बालबालिकाले शैक्षिक सहयोग पाएका हुन् ।

जुम्लाको हिमा–५ तली कुडुकी सिर्जना खत्री ९नाम परिवर्तन० अपांगता भएकी र बुवाआमा दुवै गुमाएकी छात्रा हुन् । उनका बुवाआमा दुवै छैनन् । कालिका माविमा कक्षा ९ मा भर्ना भएकी सिर्जना अभिभावकविहीन भएकाले काकाको घरमा बस्छिन् । काकाका पनि ५ छोराछोरी छन् । खाने मुख धेरै हुँदा सबैको खर्च जुटाउन उनको काकालाई कठिन छ । उनलाई घरको काममा बढी व्यस्त हुनुपर्ने भएकाले विद्यालय पनि नियमित हुन सकेकी थिइनन् । विद्यालयबाट गत मंसिर अन्तिम साता झोला, ड्रेस, स्टेसनरी पाएपछि खुसी छन् । हाल जाडो बिदाले विद्यालय बन्द भएकाले घरमै बसेकी सिर्जनाले नयाँ पोसाक सिलाएर राखेकी छन् । ‘विद्यालय खुलेपछि नयाँ झोला बोकेर, नयाँ ड्रेस लगाएर विद्यालय जान्छु,’ उनले भनिन्, ‘शैक्षिक सहयोग पाएपछि खुसी छु । स्नातकसम्म पढेर शिक्षक बन्ने ठूलो धोको छ ।’ भ्मगअबतष्यलब िmबतभचष्बकि उचयखष्मभम तय यखभच घ,ण्ण्ण् गलमभचउचष्खष्भिनभम अजष्मिचभल ष्ल चझयतभ बचभबककालीकोटको सान्नीत्रिवेणी–६ स्थित पंचदेवल माविमा शैक्षिक सामग्री वितरणपछि बालबालिका र अभिभावक ।

चम्फे, अर्जुन र सिर्जना मात्र होइन, झोला नपाएर हातमै किताब च्यापेर, विद्यालय पोसाकबिनै पुसको जाडोमा लुगलुग काप्दै विद्यालय जाने कालीकोट र जुम्लाका ३ हजार ३ सय ७६ जना बालबालिकाले प्रतिव्यक्ति ३ हजार २ सय मूल्यको झोला, विद्यालय पोसाकको कपडा, वर्षभरिलाई पुग्ने डटपेन, कापी, ज्यामिति बक्स, सिसा–कलम, ड्रोइङ र विज्ञान कपी पाएका छन् ।

 

आमाबुवा नभएका, अति विपन्न, दलित, गरिब, अपांगता भएका, बालविवाहको जोखिममा रहेका कालीकोटको नरहरिनाथ, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोटका नगरपालिकाका १ हजार ८ सय ३० र जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका १ हजार २ सय ७१ जना, दुवै जिल्लाका अपांगता भएका २ सय ७५ जना बालबालिकाले प्लानको इन्टरनेसनलको सहयोगमा किर्डाक नेपालद्वारा संचालित शिक्षामा समान पहुँच प्रवद्र्धन परियोजनामार्फत शैक्षिक सहयोग पाएका हुन् ।

शैक्षिक सामग्रीको अभावमा विद्यालय नियमित नहुने, अपांगता भएका र बीचैमा पढाइ छाड्ने कक्षा ६ देखि १० सम्मका बालबालिकालाई लक्षित गरी १ करोड १० लाख ९० रुपैयाा बराबरको शैक्षिक सहयोग गरिएको प्लानका परियोजना संयोजक दीक्षा भाटले बताइन् । उनका अनुसार अन्य जोखिममका रहेका बालबालिका मावि तहका लक्षित भए पनि अपांगता भएकाको हकमा कक्षा १ देखि १० सम्म पढ्नेलाई नै शैक्षिक र डिभाइस सहयोग गरिएको छ । उनले प्लानको कार्यक्षेत्रमध्ये शैक्षिक सामग्री नपाएर विद्यालय नजाने बालबालिका जुम्ला र कालीकोटका बढी देखिएकाले विद्यालय निरन्तरताका लागि सहयोग गरिएको सुनाइन् । उनका अनुसार दुई जिल्लाका ६ स्थानीय तहमा रहेका कक्षा ६ देखि माथिका आधारभूत र माविमा पढ्ने जोखिममा रहेका बालबालिका विशेष गरी बालिकालाई लक्षित गरेर शैक्षिक सहयोग गरिएको हो ।

प्लानले कालीकोट र जुम्लामा विभिन्न ५ वटा स्थानीय साझेदार संस्थामार्फत शिक्षा, बाल संरक्षण, स्वासथ्य र पोषण, जलवायु परिवर्तन, जीवकोपार्जन, प्रत्याभूत बाल संचार, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको छ । विद्यालयले छनोट गरेका बालबालिकालाई सम्बन्धित स्थानीय तहका युवा, शिक्षा तथा खेलकुद शाखाको समन्वयमा मंसिर र पुसको पहिलो साताभित्र शैक्षिक सहयोग वितरण गरिएको हो । जुम्लाको सिंजास्थित मालिका मावि धापाका बालबालिका शैक्षिक सहयोग पाएपछि विद्यालयबाट घर फर्किंदै ।

अभिभावकविहीन, अपांगता भएका, विपन्न, जेहेन्दार, बालविवाहको जोखिममा रहेका, विद्यालय नियमित हुन नसकेका, आर्थिक विपन्नताले बीचैमा पढाइ छाडेकालगायतका २१ वटा मापदण्डका आधारमा विद्यार्थी छनोट गरिएको सहजकर्ता वीरेन्द्र सिम्खडाले बताए । उनकाअनुसार ६० प्रतिशत बालिका र ४० प्रतिशत बालकसहित कालीकोटको रास्कोट नगरपालिकाका अपांगता भएका ९५ जनासहित ५ सय ३६, नरहरिनाथका अपांगता भएका ९९ जनासहित ६ सय ७१ र सान्नीत्रिवेणीका अपांगता भएका १६ सहित ६ सय २३ जनाले शैक्षिक सहयोग पाए ।

त्यस्तै, जुम्लाको सिंजा भेगमा पर्ने कनकासुन्दरी गाउँपालिकाका ४७ अपांगसहित ३ सय ७९, सिंजाका ६० अपांगसहित ४ सय ७ र हिमा गाउँपालिकाका २५ अपांगसहित ४ सय ८५ जनाले शैक्षिक सहयोग पाएको सहजकर्ता दीपक शाहीले बताए । दृष्टिसम्बन्धी समस्या भएका २१ जना बालबालिकालाई आँखा परीक्षण गरेर चश्मा सहयोग भएको छ । ‘मेरो विद्यालयका ७ जना बालबालिका आँखासम्बन्धी समस्या भएका थिए,’ चौथीकोट आवि कोटवाडाका प्रअ टेकबहादुर विकले भने, ‘४ जनाको कुमालगाउँमा चेकजाँच भएर चश्मा पाए, २ जना सदरमुकाम मान्म गएर चश्मा ल्याएर आए ।’

विपन्न र अपांगता भएका बालबालिका लक्षित शैक्षिक सहयोग दुर्गम बस्तीका बालबालिकालाई निकै उपयोगी भएको शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईंले बताए । विद्यालय अनुगमनका क्रममा रास्कोट जाँदा धेरै बालबालिकाले शैक्षिक सहयोग पाएर विद्यालय नियमित भएको प्रधानाध्यापकहरूबाट थाहा पाएको उनले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित