कालिकोट – यात्रु गन्तव्य भन्दा उल्टो साइड र व्यवस्थित बसपार्क नहुँदा कालिकोट सदरमुकाम मान्मका सडक बसपार्कका रुपमा प्रयोग हुन थालेका छन् । साँघुरा सडकमा सवारी साधान पार्किङ गरिएका कारण दुर्घटनाको जोखिम बढेको हो । निकै कम मात्रामा सवारी साधन सञ्चालन हुने सुर्खेत जुम्ला सडकखण्डको स्तोरनोती भएसँगै बाक्लो सङ्ख्यामा सवारीसाधन भित्रन थालेका र व्यवस्थित बसपार्कको अभावमा सदरमुकामको बजार क्षेत्रमा जथाभावी पार्किङ हुँदै आएकाले दुर्घटनाको खतरा बढ्नुका साथै बजार क्षेत्रको सौन्दर्यमा समेत ह्रास आएको स्थानीयवासीले बताएका छन् ।
जिल्ला सदरमुकाम मान्ममा आईतवार सवारी दुर्घटना न्युनिकरण सम्बन्धी एक कार्याक्रममा उपस्थित सवारी चालक र यातायत व्यवसायीहरुले यस्तो बताएका हुन् । जिल्ला प्रशासनले जिल्लाको वषपार्क पुर्वी क्षेत्र ताडीमा तोकेको र यात्रा गर्ने यात्रु पश्चिमी भेगवाट यात्रा गर्ने र वर्षपार्क जान टाढा पर्ने भएकाले सडकमै सवारी साधानहरु रोक्ने गरिएको यातायात व्यवसायी खगेन्द्र खड्काले बताए । उनका अनुसार सवैको लागी पाइक पर्ने वषपार्क नहुदा सडकमै वषपार्क हुन थालेको हो । सदरमुकाम भौगोलिक रुपमा सागुरो छ, तोकिएको वषपार्क टाढा छ । यात्रुहरु तोकिएको वषपार्कमा नजाने भएका कारण हामिहरु बजारका कहिले प्रतिमाचोक, पुरानो वषपार्क, कहिले रिङरोडको जिरोपोइन्ट, लगायतका ठाउँबाट टिकट काटेर पठाउन बाध्य हुन परेको बताए ।
यसले गर्दा पुरानो वष पार्कदेखी, जिरो पोइन्ट हुदै मान्म बजारमा सवारीसाधन राखिँदा पैदलयात्रुलाई समेत आवतजावतमा असहज हुने गरेको गुनासो बढिरहेको छ ।
सडकमा जथाभावी राखिएका सवारीसधान, जिवजन्तु र तीव्र गतिका मोटरसाइकलका कारण कतिबेला दुर्घटनामा परिने हो भन्ने चिन्ता लाग्ने गरेको र नगरपालिकाले पनि यातायात व्यवस्थापनको काम गर्नुपर्नेमा चासो नदेखाएको अर्का यातायात व्यवसायी दमन शाहीले बताए ।
जिल्ला सदरमुकामलाई केन्द्र बनाएर मध्यपश्चिम यातायात, देउती नागरिक, सुर्खेत कांगेबिहार यातायात व्यवसायी समितिले सुर्खेत, नेपालगजं लगायतका क्षेत्रमा सवारी साधन सञ्चालन गरिरहेका छन् ।
जिल्ला प्रशासनमा हुने पटक पटकका हुने समन्वयमा भएको बैठकले सडकमा गाडी पार्किङ नगर्ने सहमति भए पनि कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुवलले बताए । जिल्लामा यातायातका साधनको चाप दिनदिनै बढिरहँदा वषपार्क बाट मात्र यात्रा गर्नु पर्ने बर्ता ।
तोकिएको वषपार्क बजारदेखी अली टाढाभएपनी वषपार्कबाटै यात्रा गर्नु पर्ने उनको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ सुवलले सवारी दुर्घटना अघिल्ला वर्षभन्दा यो वर्ष कम भएको विवरणले देखाएको बताए । अन्य जिल्ला भन्दा कालिकोट भौगोलिक हिसावले कठिन भएकाले पनी सवारी दुर्घटना हुने गरेका रहेछन । अहिले कम छ । किन भन्दा राजमार्गका अफ्ठयारा बाटोको स्तोरनोन्ती भइरहेका छन यसले गर्दा पनी दुर्घटनामा न्युनिकरण भएको छ ।
यसैगरी साँघुरा सडकमा अवस्थित गाडी पार्किङको समस्या समाधान गर्न पहल भइरहेको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रिले बताए ।घर निर्माणका सामग्री पनि सडकमै थुपार्ने र गाडी पनि सडकमै पार्किङ गर्नाले सदरमुकामका सडकमा दुर्घटनाका जोखिम बढिरहेको उल्लेख गरे । म ट्रयाफिक हुँ सोचेर सवारी चलाउदा दुर्घटना कम गर्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला ट्रयाफिक कार्यालयले तिन आर्थिक वर्षको सवारी दुर्घटनाको बिवरणमा अघिल्लो वर्षका भन्दा पछिल्ला वर्षमा सवारी दुर्घटना घटेको देखाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा सवारी दुर्घटना ३६ थियो भने २०८१÷८२ म पनी ३६ र २०८२÷८३मा घटेर २२ वटा सवारी दुर्घटना भएका थिए ।
कार्यक्रम स्वास्थ्य सेवा कार्यालय कालिकोटका व्यवस्थापक डा.रत्नबिर सुनारको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख हिमबहादुर खत्री, अनुसन्धान प्रमुख ठाकुर केसी, जनस्वास्थ्य अधिकृत कटक महत र जिल्लाका सवारी चालक, यातायात व्यवसायी लगायतको सहभागिता थियो । कार्यक्रममा सडक दुर्घटना के कसरी हुन्छ र कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने वारेमा स्वास्थ्यकर्मि हेमराज वमले जानकारी गराएका थिए ।
सम्बन्धित फोटोः
१) सदरमुकाम मान्म बजारका सडकमा राखिएका सवारीसाधानहरु
१) सडक दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रममा उपस्थित यातायात व्यवसायी र ट्रयाफिक लगायत सुरक्षाकर्मी ।



















Discussion about this post