कालिकोट – पलाँता गाउँपालिकाले खेलाडीकाे व्यवस्थापन नगरेपछि खेलाडीहरू आ-आफुबाट आर्थिक सहयाेग जुटाएर जिल्लामा आयाेजना गरिएका खेलकुद प्रतियोगितामा भाग लिन बाध्य भएका छन ।
रास्काेट नगरपालिकामा संचालन हुन लागेकाे मेयरकपमा सहभागी हुन फुटबल र क्रिकेटकाे टिमलाई गाउँपालिकाले खेलाडी आफैले खर्च व्यवस्थापन गर्नु भनेर पत्रचार गरेकाे छ ।
प्रशिक्षक भरत बमले यसरि भनेका छन ।
लगातार दुई वर्ष मेयर कप क्रिकेट प्रतियोगिता जितेर पलाता गाउँपालिकाको नाम चिनाउन सफल भएको पलाता क्रिकेट टिमलाई आफ्नै पालिकाले लगानी गर्न नमान्नु दुःखद विषय छ।
पालिकासँग प्रतियोगितामा सहभागी हुन आवश्यक पत्र माग्दा भोलि गएर गाडी चढेको र खाना खाएको बिल नल्याउनु भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर मात्र पत्र दिने गरिन्छ। खेलाडीहरूले खेलकुद समितिलाई नै छनोट प्रक्रिया अगाडि बढाएर खेलाडी सहभागी गराउन आग्रह गर्दा पनि हाम्रो आवाज सुनिँदैन।
पालिका अध्यक्षसँग खेलाडीहरूलाई प्रतियोगितास्थलसम्म पुर्याउन गाउँपालिकाको गाडी उपलब्ध गराइदिन आग्रह गर्दा गाडी बिग्रिएको छ भन्ने बहाना बनाउछन
यसपालि हुने रास्कोट मेयर कप क्रिकेट तथा फुटबल प्रतियोगितामा पनि पलाताका खेलाडीहरू सहभागी हुन तयार छौँ। तर प्रश्न उठ्छ—खेलाडीहरूले कसरी खाने, कहाँ बस्ने र प्रतियोगितामा कसरी सहभागी हुने? यसको कुनै निश्चित व्यवस्था छैन।खेलाडि कहिले सम्म आफ्नो पैसा खर्च गरेर खेलन जाने खेलाडि माथि हाम्रो गाउपालिकाले सौतेनी ब्यबाहार गरेको छ
पलाता सरकारले हालसम्म राष्ट्रपति रनिङ शिल्डबाहेक अन्य प्रतियोगितामा आफ्नो टिम सहभागी गराउन खासै चासो देखाएको पाइँदैन। खेलाडीहरूले पालिकासँग टिम सहभागी गराइदिन आग्रह गर्दा उल्टै ‘खेल खेलेर के पाइन्छ?’ जस्ता प्रश्न गरिन्छ तर हरेक बर्ष असार मसान्तमा 15 20 लाखका बिल गएर बजेट दिइएको हुन्छ
खेलाडीहरूले व्यक्तिगत स्वार्थका लागि होइन, आफ्नो गाउँपालिका र ठाउँको पहिचान बनाउन खेलिरहेका छन्। खेलकुदमा लगानी गर्नु खर्च मात्र होइन, गाउँको गौरव, पहिचान र भविष्य निर्माण गर्नु पनि हो।
अन्ततः हाम्रो प्रश्न छ—खेलाडीले पदक जित्दा सम्मान गर्ने तर खेल्न जाने बेला सहयोग गर्न नसक्ने कस्तो स्थानीय सरकार हो?
हामीलाई आश्वासन होइन, खेलकुदप्रति जिम्मेवार व्यवहार र आवश्यक सहयोग चाहिएको बताएका छन ।





