कांग्रेस कालिकोटले बुझायाे प्रशासनलाई ६ बुधे ध्यानाकर्षण

कांग्रेस कालिकोटले बुझायाे प्रशासनलाई ६ बुधे ध्यानाकर्षण

कालिकोट – नेपाली कांग्रेस कालिकोटले जिल्ला प्रशासन लाई ६ बुधे ध्यानाकर्षण पत्र बुझाएको छ ।
कांग्रेस सभापति नगेन्द बिष्ट,केन्द्रीय प्रतिनिधि दमनबहादुर शाही , सचिव सबिन बिष्ट लगायतका नेताकाे संयुक्त टाेलिले जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईलाई जिल्लाका जनजिविका का सवाल र मुख्य समस्या हरूकाे सावधानका लागि ध्यानाकर्षण पत्र बुझाएका हुन ।
पत्रमा कालिकोटमा निर्माणाधीन ठुला आयाेजनाहरू काे निर्माण समय सम्पन्न हुदापनि काम नहुनु, शुनथराली विमानस्थल संचालन गर्न, पाेतमारा जलविद्युत आयाेजना सुचारू गर्न कर्णाली राजमार्ग , करिडोरका सडककाे अवस्था सुधार, यातायात काे भाडादरमा एकरूपता कायम गर्न ,मान्म बजारकाे अवरूद्व सडक खुलाउन पहलकदमी,साथै सरकारी कार्यालयबाट प्रवाह भईरहेकाे सेवा छिटो ,छरितो, सुशासन र पार्दशिकता कायम गर्न माग गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित