कर्णालीका उद्योगको अनुगमनमा मन्त्री कल्याणी खड्का, उत्पादन र रोजगारीको अवस्थाबारे निरीक्षण

कर्णालीका उद्योगको अनुगमनमा मन्त्री कल्याणी खड्का, उत्पादन र रोजगारीको अवस्थाबारे निरीक्षण

सुर्खेत –

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय कल्याणी खड्काको नेतृत्वमा सुर्खेतका विभिन्न स्थानमा सञ्चालित उद्योग तथा औद्योगिक संरचनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।

मन्त्रालयका सचिव अजित कुमार कर्ण, सुर्खेत डिभिजन वन कार्यालयका प्रमुख (DFO) राधाकृष्ण दास, सुरक्षाकर्मी, राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार तथा सम्बन्धित सरोकारवालासहितको उच्चस्तरीय टोलीले विभिन्न उद्योग तथा पार्कको अनुगमन गरेको हो।

अनुगमनका क्रममा भेरीगंगा नगरपालिका–१० मा रहेको XINNENG (शिन्न प्रा.लि.) को चुत्रो उत्पादन उद्योगको सञ्चालन अवस्था र उत्पादन प्रक्रियाबारे जानकारी लिइएको थियो।

त्यसैगरी भेरीगंगा नगरपालिका–७ जहरेबजारस्थित सामुदायिक वनभित्र निर्माण तथा सञ्चालनमा रहेको हरित गृह (Harit Griha) पार्कको निरीक्षण गरिएको थियो। सोही क्षेत्र नजिकै रहेको बेसार उद्योगको समेत स्थलगत अनुगमन गरिएको छ।

टोलीले गुर्भाकोट नगरपालिका–१०, गुम्खोरस्थित युयुन बायोटेक प्रा.लि. (Yuyun Biotechnology Pvt. Ltd.) को उद्योग परिसरमा विशेष अनुगमन गरेको थियो। उक्त उद्योगमा कच्चा पदार्थको व्यवस्थापन, वातावरणीय मापदण्डको पालना तथा स्थानीय स्तरमा रोजगारी सिर्जनाको अवस्थाबारे विस्तृत छलफल गरिएको जनाइएको छ।

अनुगमनका क्रममा उद्योगहरूको वास्तविक सञ्चालन अवस्था, उत्पादन क्षमता, वातावरणीय प्रभाव, स्थानीय स्रोतसाधनको उपयोग तथा रोजगारी सिर्जनाका सम्भावनाबारे जानकारी लिइएको थियो।

कर्णाली प्रदेशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै स्थानीय उत्पादन, उद्योग व्यवसायको विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिन यस्ता अनुगमन तथा निरीक्षणले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित