पलातामा धनमानसिंह स्मृति कप सम्पन्न, नरहरिनाथ प्रथम

पलातामा धनमानसिंह स्मृति कप सम्पन्न, नरहरिनाथ प्रथम

 

 

कालिकोटको पलातामा आयोजित धनमानसिंह स्मृति कप २०८३ कात्तिक १२ गते सम्पन्न भएको छ। प्रतियोगितामा नरहरिनाथ गाउँपालिका प्रथम भएको छ भने पचालझरना गाउँपालिका दोस्रो र रास्कोट नगरपालिका तृतीय भएका छन्।

कात्तिक १० गते उद्घाटन भएको प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुने नरहरिनाथले १ लाख ११ हजार रुपैयाँ र दोस्रो हुने पचालझरनाले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा धनमानसिंहका पिता जगतबहादुर बम प्रमुख अतिथि रहेका थिए भने लक्ष्मणबहादुर बम खेलकुद विकास समतिका जिल्ला संयाेजक पंखबहादुर मल्ल विशेष अतिथि रहेका थिए। भलिबल कालिकोट जिल्ला अध्यक्ष गोरख शाही, हर्क बम लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतियोगिताको प्रचारप्रसारमा पुणसिंह बम र पलाताँवासीले सहयोग गरेका थिए। प्रतियोगिता युवा, व्यवसायी, कर्मचारी तथा विदेशमा रहेका युवाहरूको आर्थिक सहयोगमा आयोजना गरिएको थियो।

स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान र धनमानसिंहको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित