भूपेन्द्रजंग शाहीको राजनीतिक यात्रामा अरबिन्द रोकायाको शुभेच्छा : कर्णालीको आवाज राष्ट्रिय नेतृत्वमा पुग्नुपर्छ

भूपेन्द्रजंग शाहीको राजनीतिक यात्रामा अरबिन्द रोकायाको शुभेच्छा : कर्णालीको आवाज राष्ट्रिय नेतृत्वमा पुग्नुपर्छ

कालिकोट –  नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीको राजनीतिक यात्रा र राष्ट्रिय नेतृत्वमा स्थापित हुने प्रयासप्रति नेपाली कांग्रेस कालिकोट प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्यसमितिका सचिव अरबिन्द रोकाया–अनुभबले शुभेच्छा व्यक्त गरेका छन्।

विद्यार्थी राजनीतिदेखि पार्टी संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका शाहीको राजनीतिक अनुभव, संगठनप्रतिको लगाव र कर्णालीप्रतिको सम्बन्धलाई रोकायाले महत्त्वपूर्ण रूपमा लिएका छन्।

रोकायाका अनुसार राजनीति केवल पद प्राप्त गर्ने माध्यम नभई विचार, निष्ठा, संघर्ष र जनताको सेवासँग जोडिएको जिम्मेवारी हो। कर्णालीको दुर्गम भूगोलबाट राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाएका नेताहरूको आवाज राष्ट्रिय नेतृत्वमा पुग्नु समग्र क्षेत्रका लागि चासोको विषय हो।

उनले भने, “व्यक्तिभन्दा विचार ठूलो हो, पदभन्दा योगदान ठूलो हो। राजनीतिमा संघर्ष र निष्ठाको मूल्य स्थापित हुनुपर्छ। भूपेन्द्रजंग शाहीको आगामी राजनीतिक यात्रामा सफलता मिलोस् भन्ने मेरो शुभेच्छा छ।”

अरबिन्द रोकाया–अनुभब
सचिव
नेपाली कांग्रेस, कालिकोट
प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्यसमिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित