कालिकोट – कालिकोटको खाँडाचक्र नगरपालिकामा गएको चार वर्षमा १४ जना प्रमुख प्रशासकिय अधिकृत परिर्वतन भएका छन ।
२०७९ साल भदौ २० गतेदेखी २०८२ मंसिर ४ गतेसम्म खाँडाचक्रमा १४ जना अधिकृत फेरिएका हुन ।
उपसचिवको दरबन्दी हुने नगरपालिकामा सातौ दर्जाका कर्मचारीले बढिनै रहेको पाइन्छ । जनप्रतिनिधिको अनुकुलको अधिकृत नहुदा ४ वर्षमा १४ जना अधिकृत फेरिएका हुन ।
मन्त्रालयले खटाएका अधिकृत कोही अफिसमा एकदिन भएपनी हाजिर लगाएर निस्किए भने, कोही बाटोबाटै फर्कीएका हुन् ।
मन्त्रालयले खटाएर पठाएका अधिकृतहरु नगरपालिका पुगेपनी नगरपालिका भित्रको आन्तरिक किचलोले गर्दा हाकिम लामोसमय नटिक्ने र फिर्ता हुने गरेका छन । अहिले नगरपालिकामा सातौ तहका जसिप्रसाद चौलगाई नि. प्रमुख प्रशासकिय अधिकृतको रुपमा छन ।
यस नगरपालिकाले सत्ता संचालन गरेको चारवर्ष पुग्न लाग्दा समेत विकासको नाममा सिन्को भाँची दुई समेत नगरेको क्यान महासंघका केन्द्रिय सचिव पत्रकार मनिराज पाण्डेले आरोप लगाए । विकास निर्माण केही छैन आपसी झगडामै चार वर्ष बित्न लागे उनले भने । पाण्डेका अनुसार वजेटको कुरा गर्ने हो भने जिल्लाका सवै पालिका मध्य बढिनै छ । काम गर्ने इछ्छा शक्क्ती नै छैन । कमिशन र राज्यको ढुकुटी कसरी सकाउने भन्नेमा लागेका छन । यस्ता जनप्रतिििनधहरु बाट विकासको के आष गर्नु? सचिव पाण्डेको भनाई थियो । चारवर्ष भित्र मात्र १४ जना प्रमुख प्रशासकिय अधिकृत फेरिए स्थानिय तह संचालन भएदेखी कति फेरिए यसको बिवरण छैन ।
खाडाचक्र बाहेक अन्य पालिकामा कर्मचारी र जनप्रतिनिधिको तालमेल मिल्दा हाकिमहरु लामो समयसम्म मिलेर काम गरिरहेका छन । यसरी मिलेर काम गर्दा यहाँको भन्दा अन्य पालिकामा राम्रो विकास निर्माण भइरहेका छन ।


















Discussion about this post