Online News Khabar

आर्थिक गणना गर्न गणक पुगे गाउँ गाउँमा

865
SHARES
1k
VIEWS

कालिकोट – नेपाल सरकारले सुरू गरेकाे आर्थिक गणना अभियान २०८३ कालिकोटमा पनि सुरू भएकाे छ ।

त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगेसंगै कालिकोटका ९ वटै पालिकाका गाउँ गाउँमा गहणकहरू पुगेका छन् ।

राष्ट्रिय आर्थिक गणनाले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको हाे ।

गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।

त्यसक्रममा देशभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

‘अर्थतन्त्रको मापनका लागि आर्थिक गणना’ भन्ने मुल नाराकासाथ सुरु भएको आर्थिक गणनाबाट कालीकोट जिल्लाका पालिका तथा वडास्तरमा रहेका प्रतिष्ठानहरूको सङ्ख्या, तिनको अवस्था, रोजगारीमा संलग्न जनशक्ति, वैधानिकता लगायतका महत्त्वपूर्ण सूचना प्राप्त हुनेछन्।

वैशाख २ गतेदेखि  गणक तथा सुपरिवेक्षक फिल्डमा खटिएकाे जिल्ला आर्थिक गणना कार्यालय कालीकाेटका अधिकारी वसन्त रजौरेले बताए ।

उनका  अनुसार खाँडाचक्र नगरपालिकामा ४ जना, तिलागुफा र रास्कोट नगरपालिकामा दुई–दुई जना, शुभकालिका,नरहरिनाथ,पचालझरना र पलाँता गाउँपालिकामा दुई–दुई जना तथा महावै र सान्नीत्रिवेणी गाउँपालिकामा एक–एक जना गणक खटिएका छन् ।

आर्थिक गणनामा खटिएका गणकलाई सत्य जानकारी दिई राष्ट्रिय आर्थिक गणनामा सहयोग गरिदिन कार्यालयले आग्रह गरेको छ। यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित