गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते मान्ममा देउडा खेल हुदै

गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते मान्ममा देउडा खेल हुदै

कालिकोटको मान्ममा गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते देउडा खेल आयोजना गरिने भएको छ ।
स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले देउडा कार्यक्रम हुन लागेको आयोजक गणतन्त्र दिवस मुल व्यवस्थापन समारोहले जनाएको छ ।
मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षिय र सर्वदलिय तयारी वैठकले बजार सरसफाई, १४गते हुड्के संगै र देउडाखेल र १५ गते प्रभातफेरी गरी औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
देउडा खेलमा चर्चित देउडा खेलाडी पुक्ष्पराज आचार्य, बिपना सिंह, एशोदा देवकोटा लगायतको सहभागिता रहने छ ।

कार्यक्रममा स्थानीय कलाकार, युवायुवती तथा सर्वसाधारणको सहभागिता रहनेछ । देउडा खेलमार्फत गणतन्त्र दिवसलाई उत्साहपूर्वक मनाउनुका साथै सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित