कालिकोट – संवाद संचालनको लागी एनीमेटरहरुका लागी ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम सदरमुकाम मान्ममा सम्पन्न भएको छ । रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिकाका किशोरी हरुको लागी ७ दिने तालिम संचालन गरिएको थियो ।
किर्डाक नेपाल र हुरेन्डेक नेपालको आयोजना, तिनैवटा पालिकाको समन्वय र पलान नेपालको सहयोगमा ७ दिने प्रशिक्षक प्रशिक्षण सम्बन्धी तालिम आयोजना गरिएको थियो । ७ दिने तालिममा सहभागिहरुले तिन वटै पालिकामा १५ वटा संवाद समुहलाई तालिम दिने उदेश्यले प्रशिक्षक उत्पादन गरी समुदायमा विभिन्न खाले समस्याको उठान गरी सावधानको बाटोमा कसरी लैजाने, मानव अधिकारका सवाल र पोषण मैत्री गाउँ निर्माण गर्ने उदेश्यले यो तालिमको आयोजना गरिएको जनाइएको छ ।
७ दिने तालिममा आज एक कार्यक्रमका बिच समापन गरिएको छ । किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेको अध्यक्षता, नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द बिष्टको प्रमुख आतिथ्यता, पलान नेपालका कार्यक्रम विशेष्यज्ञ विनय ज्ञवालीको विषेश आतिथ्यतामा तालिम समापन गरिएको थियो । तालिममा गाउँपालिका अध्यक्ष विष्टले सरकारी तथा गैर सरकारी निकायले लगानी गरेपछी यसको प्रतिफल आवश्यक पर्ने बताए ।
कुनैपनी विषयमा बारेमा तालिममा सिकेका कुरालाई व्यहारमा ल्याउनु पर्ने बताउदै यस्ता खाले तालिम अव जनस्तरमा संचालन गरिनु पर्ने समेत बताए । यस्तै बिशेष अतिथी बिनय ज्ञवालीले तालिममा पाएको प्रमाणपत्रले हैन यसको ज्ञानको उपयोग हुनु पर्नेमा जोड दिनु भयो । यस्तै तालिममा प्रशिक्षक शिरबहादुर भण्डारीले पिआरए कसरी चलाउन यसका वारेमा तालिममा सहभागिले स्पस्ट भउको बताए । समाजका समस्यालाई उजागरण गरी सावधानको बाटोमा लैजान यो तालिमका किशोरीहरुले महत्वपुर्ण भुमिका रहने बताए ।
यस्त कार्यक्रममा हुरेन्डेक नेपालका जिल्ला व्यवस्थापक तथा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिलीप कुमार शाहीले ७ दिने तालिममा सिकेका कुरा अव जनस्तरमा संवाद समुह मार्फत अरुलाई सिकाउन महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा किर्डाक नेपालका परियोजना अधिकृत बलिराज शाही, प्रेम चौलगाई लगायतले तालिम तालिम मात्र हैन अव व्यहारमा उर्तानु पर्नेमा जोड दिएका थिए ।







