Online News Khabar

शिक्षा सुधार गर्न शान्नि र नरहरीनाथमा सुधार परियोजना लागु

931
SHARES
1.1k
VIEWS

कालिकोट – शैक्षिक क्षेत्र सुधार गर्न कालिकोटको शान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा सुधार परियोजना लागु हुने भएको छ । सदरमुकाम मान्ममा बुधवार एक कार्यक्रमका बिच सुधार परियोजनाको सुभारम्भ गरिएको हो ।
प्लान नेपालका क्षेत्रिय प्रवन्धक मिना पराजुलीको सभाअध्क्षता, जिल्ला समन्वय समितीका उपप्रमुख मिना रावतको प्रमुख आतिथ्यता नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द बिष्टको विषेश आतिथ्यता, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, शान्नित्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वति सिंहको विषेश आतिथ्यता तथा जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा परियोजनाको सुभाराम्भ गरिएको थियो ।

परियोजना दुवै पालिकामा छनौट गरिएका १२ वटा विद्यालयमा लागु हुने किर्डाक नेपालका अध्यष्क्ष सम्झना मल्लले बताउनु भयो । कर्णालीलाई राष्टको विकासको मुलधारमा जोड्नको लागी किर्डाक नेपालले दश वर्षे शसत्तदन्द्ध देखी शिक्षा, स्वास्थ्य, र पुर्वाधारमा काम गर्र्दे आएको स्मरण गराउदै अझै सरकार संगै विकासमा रहदै आएको अध्यक्ष मल्ले बताउनु भयो ।

यस्तै कार्यक्रममा प्लान नेपालका क्षेत्रिय प्रवन्धक मिना पराजुलीले शिक्षा सुधारको लागी पहिला त भौतिक संरचना है सकरात्मक चेतना र शिक्षा आवश्यक रहेको बताउनु भयो । हो भौतिक संरचना पनी आवश्यक हो तर , संरचना भन्दा पहिला सकरात्मक चेतना उठेको शिक्षा आवश्यक रहेको औल्याउनु भयो । उनका अनुसार बिगत देखीनै प्लानले कर्णालीमा काम गर्दै आइरहेको अवगत छ यसमा स्थानिय सरकारले पनी साझेदारी गरेर प्रभावकारी काम देखाउन सहकार्य अनिवार्य रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकरर्णराज सुयलले कालिकोटका बिद्यालयमा भौतिक संरचनाको अभाव नदेखिएको बताउनु भयो । शैक्षिक क्षेत्र कमजोर हुनुको कारण शैक्षिक निती नियम नहुुनुले कमजोर भएको हो । शिक्षक र बिद्यार्थीमा हुनु पर्ने अनुशासन र राज्यको निती नहुदा सरकारी शैक्षिक निती कमजोर हुन पुगेको हो । तर, कालिकोटमा जुन किसीमको शिक्षामा लागनी भएको छ जसको फस्वरुप उपलब्धी देखिनु पर्ने जती देखिएन सुयलले बताउदै पछिल्लो समय खेल क्षेत्रमा उपलब्धी राम्रो भएको उल्लेख गरे ।

यसैगरी कार्यक्रका प्रमुख अतिथि मिना रावतले संघसंस्थाहरुले गरेको राम्रो कामको सिको सरकारले गनु पर्ने बताइन । संस्थाले गरेका कामहरुको दिगोपनाको लागी स्थानिय सरकारले त्यसको संरक्षण र निरन्तर्ताको लागी मात्र काम गरे धेरैजसो कार्यक्रम सफल हुने बताउनु भयो ।

कार्यक्रममा नरहरीनाथ गाउँपालिका अध्यक्ष विष्ट र शान्नित्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वतिसिंहले शिक्षा क्षेत्रमा प्लानले लगानी ठुलो रहेको बताएका थिए । प्लान संग गाउँपालिकाले आवश्यक काममा वजेट साझेदारी समेत गर्ने प्रतिबद्धता जाएर गरेका थिए ।
परियोजनाले विद्यालयमा इसिडी देखी कक्षा आठ सम्मका १२ वटा विद्यालय आवश्यकताका आधारमा छनौट गरी इसिडी कक्षा व्यवस्थापन र अपांगमैत्री भवन, शौचालय निर्माण समेत गर्ने छ । कार्यक्रम १८ महिना संचालन हुने किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले बताउनु भयो ।

सम्बन्धित फोटो ः
१)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित