Online News Khabar

‎३ महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

882
SHARES
1k
VIEWS


‎कालिकोट – जिल्लाकाे खाँडाचक्र नगरपालिका १ मा ३ महिने आधारभूत कम्प्युटर तालिम सकिएकाे छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटको आयाेजनामा कार्यक्रम सुरु गरीएको थियाे । तालिममा छनाैट गरिएका २२ जना सहभागी थिए ।

‎उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको सीप विकास तथा राेजगार विकास कार्यक्रम अन्तरर्गत ३ महिने आधारभूत कम्प्युटर तालिम सुरु गरीएको थियाे ।

‎उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका कार्यालय प्रशासन सहायक तिलबहादुर मल्लकाे अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माकाे प्रमुख आथित्यता र नेपाल पत्रकार महासंघका काेषाध्यक्ष बिश्वनाथ सिम्खाडा, सहभागी काे सहभागीतामा तालिम समापन गरिएको थियाे ।


‎तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले अहिलेको प्रविधि युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाउनु आवश्क रहेको बताए। ३ महिना सम्म सिकेकाे सिप व्यहारमा लागु गर्न सुझाव दिए ।

‎ कार्यक्रममा प्रशिक्षक जीवन राज देवकोटाले कार्यक्रममा सहभागिलाई निरन्तर कक्षामा सहभागि भयर आवश्यक कुरा ससकेकाे बताउदै ३ महिनासम्म आफुले सिकेका बेसिक कम्प्युटर सम्बन्धी सिकायका कुरा लागु गर्न सुझाव दिए ।

‎कम्युटर देखेका थियाै तर चलाउन आउथेन ३ महिने तालिमले कम्युटर चलाउन सक्ने भएकाे सहभागीले बताएका थिए ।
तालिमका परिक्षाथिलाई प्रमाणपत्र सहित बिदाई गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित