निर्माण समय सकियो अझै बनेन शान्तिघाट–सिपखाना कालोपत्रे सडक

निर्माण समय सकियो अझै बनेन शान्तिघाट–सिपखाना कालोपत्रे सडक

कालिकोट- निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि शान्तिघाट–सिपखाना कालोपत्रे सडक सम्पन्न हुन सकेको छैन। पटक–पटक निर्माण अवधि थपिए पनि सडकको काम अझै अधुरै रहँदा स्थानीयवासीले धुलो, हिलो र जोखिमपूर्ण यात्राको सास्ती खेप्न बाध्य भएका छन्।

स्थानीयका अनुसार वर्षायाममा सडक हिलाम्मे हुने र सवारी आवागमनमा समस्या हुने गरेको छ भने हिउँदमा अत्यधिक धुलोका कारण दैनिक जनजीवन प्रभावित हुने गरेको छ। समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासी, विद्यार्थी, बिरामी तथा व्यवसायी सबै प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
स्थानीयले सम्बन्धित निर्माण कम्पनी र सरोकारवाला निकायलाई निर्माण कार्यमा गति दिई गुणस्तरीय रूपमा सडक शीघ्र सम्पन्न गर्न आग्रह गरेका छन्। समयमै योजना सम्पन्न हुन नसक्दा विकास निर्माणप्रति नागरिकको विश्वाससमेत कमजोर बन्दै गएको स्थानीयको भनाइ छ।
यता सम्बन्धित निकायले ढिलाइ हुनुका कारणबारे स्पष्ट जानकारी दिँदै निर्माण कार्यलाई तीव्रता दिने र बाँकी काम छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुपर्ने स्थानीयको माग छ।
रास्कोट नगरपालिकाले जारी गरेको सार्वजनिक अपिल हो। यसको मुख्य सार यस्तो छः
शान्तिघाट–सिपखाना कालोपत्रे सडक निर्माणको ठेक्का के.एस. शान्तिदेव जेभीमार्फत भएको थियो। निर्माण सम्झौता २०७९ असार ६ गते भएको थियो।
थपिएको म्यादअनुसार पनि २०८३ असार १ गते भित्र काम सम्पन्न हुनुपर्ने थियो, तर हालसम्म सम्पन्न भएको छैन।
ढिलाइका कारण रास्कोटवासीले धुलो, हिलो, जोखिमपूर्ण यात्रा तथा शिक्षा, स्वास्थ्य, कृषि, व्यापारलगायत दैनिक जीवनमा कठिनाइ भोगिरहेका छन् ।
नगरपालिकाले निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय, कालिकोटलाई पटक–पटक मौखिक तथा लिखित रूपमा काम छिटो सम्पन्न गर्न आग्रह गरेको जनाएको छ
हालसम्म सम्झौता रकमको ५२.८७ प्रतिशत बराबरको रकम भुक्तानी भइसकेको उल्लेख गरिएको छ ।यदि नयाँ आर्थिक वर्षको सुरुदेखि पनि निर्माण कम्पनीले प्रभावकारी रूपमा काम नगरेमा वा सन्तोषजनक प्रगति हासिल नगरेमा, सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताअनुसार ठेक्का तोड्ने लगायत कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरू संग निकायसमक्ष पहल गरिने चेतावनी दिइएको छ।
अपिलको अन्त्यमा नगरपालिकाले नागरिकलाई गुणस्तरीय सडक उपलब्ध गराउन आवश्यक पहल, समन्वय र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित फोटो ः
सडक कालोपत्रेको लागी अधुरो शान्तिघाट सिपखना सडक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित