कालिकोट — नेपाल कम्युनिष्ट पार्टी एमालेले फागुन २१ मा हुने निर्वाचनका लागि नगिन्द शाहीको संयोजकत्वमा मुल निर्वाचन परिचालन कमिटि बनाएर चुनावी घरदैलोमा हिँडेको छ ।
बुधवार सदरमुकाम मान्ममा बसेको नवौ वैठकले प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका शाहीलाई मुल्य निर्वाचन परिचालन कमिटि र ९ वटै पालिकामा एकसय एक सदस्य निर्वाचन परिचालन कमिटि बनाएको छ ।
बैठकले पार्टी केन्द्रिय सदस्य तथा जिल्ला संयोजक क. नगिन्द्र शाही नेशनलको संयोजकत्वमा २७ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी, पार्टिका केन्द्रिय सल्लाहकार क. कुर्मराज शाहीको संयोजकत्वमा प्रदेश सभा क निर्वाचन परिचालन कमिटी र क धिरबहादुर बमको नेतृत्वमा प्रदेश सभा ख निर्वाचन कमिटी गठन, कृष्णप्रसाद आचार्यको संयोजकत्वमा १५१ सदस्यीय शुभकालिका निर्वाचन परिचालन कमिटी, क. पंखबहादुर मल्लको संयोजकत्वमा १५१ सदस्यिय खाडाचक्र परिचालन कमिटी, दयाराम सिम्खडाको संयोजकत्वमा १०१ सदस्यीय रास्कोट परिचालन कमिटी, क. सीता शाहिको नेतृत्वमा १०१ सदस्यिय तिलागुफा कमिटी, क. पार्बती सिङ्गको नेतृत्वमा १०१ सदस्यीय सान्नी त्रीबेणी, क. राजेस बिकको नेतृत्वमा १०१ सदस्यिय पताला , क. अलि बहादुर शाहिको नेतृत्वमा १०१ सदस्यीय पचालझरना कमिटी, क. टेक ब बोगटिको नेतृत्वमा १०१ सदस्यीय नरहरिनाथ कमिटी, क. मनराज शाहिको नेतृत्वमा १०१ सदस्यिय महाबै निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
यस्तै बैठकले सबै पालिकाका बिस्तारित बैठक माघ १७ र १८ गते गर्ने , प्रलोपा र एमाले बिच केन्द्रमा भएको सहमतीलाई स्वागत गर्दै निर्णय कार्यान्वन गर्ने लगायतका निर्णय गरेको पाटि प्रचारतथा प्रकाशन विभाग प्रमुख पवित्रक्ुमार शाहीले बताए ।


















Discussion about this post