Online News Khabar

शिक्षा सुधार अभियानमा रास्कोट

913
SHARES
1.1k
VIEWS

 

 

कालिकोट –   जिल्लाको रास्कोट नगरपालिकाले शिक्षा सुधारमा फट्को मारेको छ । नगरपालिका भित्रका सबै विद्यालयको शिक्षा सुधारको लागि रणनितिक योजना बनाएर शिक्षा सुधार अभियन चलाएको हो ।

रास्कोट नगरपालिकाका चार वटा माध्यामिक विद्यालय र छ वटा अधारभूत विद्यालयलाई अंग्रेगी माध्यामबाट पठनपाठन सुरु गरी अहिले विद्यालयमा विद्यार्थीहरुको आक्रशण र शिक्षामा सुधार गरेको पाइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न रास्कोट नगरपालिकाले नितिगत निर्णण्हरु गरेर एउटा अभियान थालेको हो ।
नगरपालिकाले नगर शिक्षा ऐन, स्थानिय पाठ्यक्रम निर्माण,शिक्षक काज सरुवा सम्बन्धी कार्यविधि, प्रध्यानाध्यपन ब्यवास्थापन कार्यबिधि, कक्षागत शिक्षक व्यवस्थापनको लागी बिद्यालय गाब्ने, बिद्यालय नर्श, बिद्यालय सुरक्षा गार्ड, कक्षा १ देखी पाँच सम्मका विद्यालयमा अंगेरीमाध्याम द्धारा पठनपाठन,जस्ता नितिगत निर्णय गरी शिक्षा सुधारको अभियान थालेको हो ।
सामुदायिक विद्यालयमा बिद्यार्थिको कमजोर अवस्थालाई बलियो बनाउन पहिला त नितिगित निर्णय गरेको नगर शिक्षा शाखा प्रमुख खेमराज शाहीले बताए । पछिल्लो समय निजि शिक्षा संस्थाहरुमा बिद्यार्थी भर्ना हुने र सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या न्युन हुने देखिएकाले नगरपालिकाले यस्ता नितिगत निर्णयहरु गरेको उनले बताए
अहिले नगरले गरेका नितिगत निर्णय कार्यन्वयन भइरहेका छन । गत वर्षभन्दा यो वर्षदेखी रास्कोटका सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना संख्या दोव्वरले बृद्धी भएको शाखा प्रमुख शाहीको भनाई छ । यतीमात्र हैन यो वर्ष मात्र नगरका ४ वटा मावि बिद्यालयहरुमा एसईई तयारीका लागी चारवटै माविमा आवसिय कक्षा संचालन गरेका छौ । उनले भने एक विद्यालयलाई दुई लाखका दरले चारवटा विद्यालयलाई आठलाख बजेट छुटाएर आवासिय कक्षा संचालन गरेका छौ । मंसिर देखी फाल्गुण सम्म विद्यालयमै खाना वस्न र तयारी कक्षा संचालनमा ल्याएका छौ । अहिले चारवटै विद्यालयमा जम्मा तिनसय ९ जना आवसिय कक्षामा भर्ना छन । जसले गर्दा विद्यालयमा भर्ना बिद्यार्थि संख्यामा बृद्धी आएको छ ।
शिक्षा सुधारका लागी नगरबाट ४ करोड बजेट समेत छुटाएको छ । यो वजेटले शिक्षकलाई आवश्यक तालिम, अभिभावक शिक्षा, बिद्यार्थी प्रस्पोटन, परिक्षा प्राली हेरफेर जस्ता कार्यक्रम संचालन गरेको शाखा प्रमुख शाहीले बताए ।
सामुदायिक विद्यालयको कमजोर अवस्था सुधारर्न नगरपालिका नितिगत र अनुगमनमा तिव्ररुपमा लागि परेको नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । शैक्षिक क्षेत्र सुधार गर्न मुखले भनेर मात्र नहुदो रहे छ, यसको लागी पहिला त निति बनानु पर्ने रहेछ । हामिले शिक्षा निति बनाएर कार्यन्वयमा लगेका छौ । जसका कारण पहिलाको भन्दा अहिले बिद्यालयमा बिद्यार्थी संख्यामा पनी बृद्धी भएको पाएका छौ । एक हप्तामा एक पटक शिक्षा शाखा र नगरपालिकाको टोली विद्यालयमा अनुगमन गरेका छौ । केही सुधार हुन्छकी भनेर हामिले इसिडी कक्षा देखी माथी केजी ग्रुप बनाएर अंरेजीमाध्याम बाटै कक्षामा पठन पाठन गरिरहेका छौ । जुन निजी वोडिङको अवधारणमा लगेको प्रमुख शाहीले बताए ।

कक्षा कोठामा शिक्षक समयमा जान्छकी जादैन? बिद्यार्थी समयमा स्कुलमा पुग्छकी पुग्र्दैन यस्ता बिषय बिढीनै निगरानीमा राख्ने गरेका छौ । उनले भने यसको प्रभावकारतिाको लागी पहिलो चरणमा मावि विद्यालयमा सिसि टिभि क्यामेरा राखेर पनी हर्ने बिचार गरेका छौँ । पठन पाठन कमजोर गर्ने तर परिक्षा कडा गर्ने गरिएको देखिन्छ । यस्तो हैन पठनपाठनमा राम्रो र कडा गर्ने गर्दा परिक्षामा चिट चार्ने व्यथा पनी कम हुने हुदोृ रहेछ नगर प्रमुख शाहीले बताए ।
आउने आठ कक्षाको परिक्षाको नतिजा राम्रो ल्याउन अहिले नगरका मावी र आधारभुत विद्यालयमा अभ्यास तयारी परिक्षा थालिएको समेत बताए ।

सम्बन्धित फोटोः
१) आवसिय कक्षामा पढ्दै गरेका विद्यार्थीहरु


२) यसईई तयारीका लागी संचालन गरिएका आवासिय कक्षामा जिल्ला स्तरिय अनुगमन
१)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित