Online News Khabar

बालिका बलात्कार आरोपित कामिलाई पुर्पक्षका लागि कारागार चलान

1.3k
SHARES
1.5k
VIEWS

कालिकोट – १३ वर्षीया बालिका बलात्कारका आरोपित बलबहादुर कामीलाई कालीकोट जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
पीडित बालिका गर्भवती भएपछि प्रहरीको अनुसन्धानमा अपराध स्वीकारेका कामीमाथि जर्बरजस्तीकरणी मुद्दा दायर गरिएको हो।
बालिकाको संरक्षणमा चुनौती देखिएको छ, किनभने बजेट अभावका कारण आपतकालीन आवासमा लामो समय राख्न सकिने अवस्था छैन।
कालीकोट — यहाँको रास्कोटकी १३ वर्षीया बालिका बलात्कारका आरोपित बलबहादुर भनिने बले कामीलाई पुर्पक्षकालागि कारागार चलान गरिएको छ ।

गत माघमा बालिका बलात्कारको आरोपमा फागुन २७ मा पक्राउ परेका कामीलाई कालीकोट जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको हो ।

प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेपछि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए । उनका अनुसार बालिका बलात्कारपछि गर्भवती भएको जाहेरी परेपछि कामीलाई पक्राउ गरिएको हो । ‘पीडकले आत्माग्लानीसहित अपराध स्वीकारेको अवस्था छ,’ उनले भने,‘आवश्यक अनुसन्धान गरेर मुद्दा अघि बढाइएको छ ।’

प्रहरीले अनुसन्धान गरेर रायसहित जर्बरजस्तीकरणी मुद्दा सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरेपछि जिल्ला अदालतले थुनामा राखी पुर्पक्ष गर्न प्रहरीलाई अनुमति दिएको अदालतका निमित्त स्रेस्तेदार सुनील खाँडले बताए ।

बालिकाको संरक्षणमा कठिनाई
बुवाले कान्छी आमा भगाएर भारत गएपछि उनकी आमाले दोस्रो विहे गरिन् । घरमा हजुरआमाको संरक्षणमा रहेकी बालिकाको महिनावारी रोकिएपछि सोधीखोजी गर्दा बलात्कारमा परेर गर्भवती भएको खुलेको थियो । फुपूको सहयोगमा प्रहरीमा मुद्दा दिएकी बालिकालाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रले आवश्यक मेडिकल सहयोगसहित मनोविमर्श सेवा दिएर हाल सोसेक नेपालको आपतकालीन आवासमा बसालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित