कालीकोट — यहाँको नरहरिनाथ–१ कोटवाडा स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । ‘स्वस्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकार’ नाराका साथ आइतबार कोटवाडा स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
पोषणमैत्री घोषणाका १६ मध्ये १५ वटा सूचकमा ९० प्रतिशत बढी सफलता हाँसिल गरेपछि कोटवाडालाई कालीकोटको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको चौकी इन्चार्ज सुशीला विष्टले बताइन् । ‘स्वास्थ्य संस्थाको सेवा क्षेत्रमा कुपोषण अन्त्य भएको छ,’ उनले भनिन् ‘यसको दिगोपनाका लागि सबै पक्षको सहयोग र समन्वय आवश्यक छ ।’
कोटवाडा स्वास्थ्य चौकीको सेवा क्षेत्रमा ३ वर्ष अघि १५ जनामा कुपोषण रहेकोमा गत वर्ष १० जनामा झरेको थियो । यो वर्ष उक्त संख्या शून्यमा झरेको छ । ०४७ मा स्थापना भएको कोटवाडा स्वास्थ्य चौकीको सेवा क्षेत्रमा दुई वर्षअघिसम्म ३ प्रतिशत कुपोषण रहेकोमा शून्यमा झार्न संघसंस्थामार्फत समुदायमा हरेक बार खाना चार, स्तनपान, गर्भजाँच, कुपोषित बालबालिकालाई सहयोग गरेर कुपोषण घटाउन सहयोग पुगेको स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारीले बताए ।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि कोटवाडामा प्रसूति पूर्व ८ पटक गर्भ जाँच गर्ने ९० प्रतिशत, गर्भवती महिलाले गर्भधान अवधिभर १ सय ८० चक्की आरन चक्की खाने ९० प्रतिशत, शतप्रतिशत महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माएको, स्वास्थ्य संस्थामा जन्मिएका बालबालिकाले १ घण्टाभित्रै आमाको स्तनपान गरेका छन् ।
त्यस्तै, ६ देखि ५९ महिनासम्मका ९७ प्रतिशत बालबालिकाले भिटामिन ए क्याप्सुल खाएको, एक वर्षदेखि ५९ महिनाका ९१ प्रतिशत बालबालिकाले जुकाको औषधि खाएको, बालबालिकाको नियमित बृद्धि अनुगमन गरिएको, बृद्धि अनुगमनका लागि दर्ता भएका शतप्रतिशत बालबालिकाले जन्मेदेखि ६ महिनासम्म पूर्णस्तनपान गराएको छ ।
त्यसैगरी, ६ महिनापछि सबै बालबालिकालाई पूरक खाना खुवाउने गरिएको, कम तौल भएका बालबालिकाको जन्म शून्य रहेको, शतप्रतिशत बालबालिकालाई पूर्णखोप दिइएको, सबै बालबालिकाले पूर्ण बालभिटा पाएका, सबै बालबालिकालाई जिंक चक्की र पुर्नजलीय झोल खुवाइएको २६ हप्तासम्म किशोरीलाई आइरन फोलिक चक्की खुवाइएको सूचकको आधारमा कोटवाडालाई पोषणमैत्री घोषणा गरिएको अनुगमनमा संलग्न स्वास्थ्य सेवा कार्यालयका पोषण फोकल पर्सन कटकबहादुर महतले बताए ।
फाेटाे :
१


















Discussion about this post