Online News Khabar

रास्काेटका बिद्यालयमा अपांग मैत्रि शाैचालय निर्माण

882
SHARES
1k
VIEWS

कालिकोट – रास्काेट नगरपालिका वडा नम्बर ८ काे जनजागृति माविमा अपांग मैत्रि शाैचालय निर्माण गरिएको छ ।

रास्कोट महिनावारी स्वास्थ्य तथा खानेपानी सरसफाई स्वच्छता सुधार परियोजना (RMWIP) अन्तर्गत प्लान इन्टरनेशनल नेपाल, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल र Warm Nest Foundation को सहयोग तथा नगरपालिकाको समन्वयमा उक्त संरचना निर्माण गरिएको हो।

नगर प्रमुख धर्मराज शाहीले स्वच्छता र लैङ्गिकमैत्री पूर्वाधारले विद्यार्थीको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान दिने बताए। उनले भने, “यो संरचनाले विद्यालयमा स्वच्छता प्रवर्द्धन गर्नुका साथै विद्यार्थीहरूलाई सहज वातावरण सिर्जना गर्नेछ। नगरपालिकाले आगामी दिनमा पनि यस्ता योजनालाई प्राथमिकता दिनेछ।”

त्यस्तै, उपप्रमुख मनिराज बरालले महिनावारी स्वच्छता कक्ष निर्माण हुनु छात्रामैत्री शिक्षा वातावरण बनाउन ठूलो उपलब्धि भएको बताए। उनले भने, “महिनावारीका कारण धेरै छात्राहरू विद्यालय नआउने समस्या छ। यो संरचनाले उनीहरूलाई सहज र आत्मविश्वासी बनाउनेछ।”

नगर प्रमुख शाही, उपप्रमुख बराल, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुली र विनय ज्ञवालीले संयुक्त रूपमा जनजागृति मावि तथा कालाशिला माविलाई हस्तान्तरण गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित