Online News Khabar

पचालझरनामा साहसिक पर्यटनको स्वाद ः जिपलाइन सरर

862
SHARES
1k
VIEWS

कालिकोट – यशियाकै अग्लो मानिएको कालिकोटको पचालझरनामा पहिलो पटक जिपलाइन संचालनमा ल्याइएको छ ।
यशियाकै अग्लो झरना भएपनी राज्य संगै प्रचारप्रचार र पुर्वाधारको अभावमा ओझेलमा परेको झरनामा जिपलाइन संचालनमा ल्याएसंगै आन्तरिक तथा वाह्य पर्यटक यहाँ पुग्ने भएका छन ।
खार्दुको खिप्लादेखी भरणपाटा सम्म ८ सयमिटर लामो जिपलाइन संचालनमा ल्याएसंगै यसले कालिकोट मात्र हैन कर्णालीकै पर्यटनमा नया उडान थपिएको हो ।
खार्दुको कोटँदेखी झरनाको फेदैसम्म चार किलोमिटर पर्यटकीय बाटो, र जिपलाइन संचालन ल्याएपछी अव झरना हेर्न आन्तरिक तथा वाह्य पर्यटक पुग्न सक्ने स्थानिय प्रकाश कठायतले बताए । उनका अनुसार यो कालिकोट मात्र हैन सिंगो कणालीको मुख्य पर्यटकिय क्षेत्रको रुपमा हुनेछ ।
जिपलाइनको औपचारिक उद्घाटन केही दिनपछी गरिने गाउँपालिका आइटी इन्जिनियर समेत रहेका कठायतले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याई नागरिकको आयआर्जनमा वृद्धि गर्न, छिमेकी जिल्ला र छिमेकी स्थानीय तहमा पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याई ग्रामीण पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिएको पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीले जानकारी दिए । प्रदेश सरकारद्धारा बिनियोजित ७ करोडको लागतमा निर्माण हुने थालिएको जिपलाइन, बिश्श्रम स्थल, भवन बनेका छन ।
फोटो ः
पहिलो पटक पचलझरनामा जिपलाइन सरर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित