Online News Khabar

गाउँको सेवा शहर बजारमै ,अशक्तकालागी सहज पनी बचत पनी

890
SHARES
1k
VIEWS

 

सुर्खेत ९ भाद्र  –  नयाँ आर्थिक वर्ष सुरु भएपछि सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक गर्नुपर्छ ।

सरकारले जेष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जाति, अपाङ्गता भएका व्यक्ति, बाल पोषण, आफ्नो हेरचाह गर्न नसक्नेको स्याहार, विपन्न नागरिक, असक्तता असहाय जस्ता भत्ता प्रदान गर्दै आएको छ । यसबाहेक स्थानीय सरकार र प्रदेश सरकारबाट पनि विभिन्न प्रकारका भत्ता प्रदान गर्ने गरिएको छ ।

तर, पछिल्लो समय गाउँमै विवरण भएपनि परिवारको शिक्षा, परिवार र आफ्नो स्वास्थ्य, सुविधा र आश्रय खोज्दै गाउँबाट शहरमा आएर बसोबास गर्ने संख्या बढेको छ । सरकारबाट भत्ता पाउने नागरिक गाउँमा देखिए पनि व्यवहारमा उनीहरु शहर बजारमै बस्ने गरेका छन् ।

सरकारले पछिल्लो समय सामाजिक सुरक्षा भत्ता लिन सजिलो पनि बनाइदिएको छ । भत्ता लिने लाभग्राहीको विवरण अध्यावधिक भएपछि उनीहरुको नाममा बैंक खाता खोलिने र सोही खातामा भत्ता जम्मा गरिदिने गरिएको छ । र, बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै शाखामा खाता भएपनि सोही बैंकको अर्काे शाखाबाट रकम निकाल्न मिल्ने व्यवस्था गरेका कारण गाउँका स्थानीय सरकारले गाउँकै बैंकको शाखामा जम्मा गरिदिएको रकम शहरमा बस्नेले नजिकैको शाखाबाट निकाल्न मिल्ने भएका कारण सहज पनि भएको छ ।

भत्ता लिन एक पटक सम्बन्धित व्यक्ति आफ्नो पालिकामा गएर विवरण अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ । यसको लागि सम्बन्धित व्यक्ति नै भौतिक रुपमा उपस्थित हुनुपर्छ । तर, पछिल्लो समय सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरु (विशेष गरेर जेष्ठ नागरिक र एकल महिला भत्ता) लिनेहरु विवरण अध्यावधिक गर्न पनि आफ्नो पालिका जान छोडेपछि स्थानीय तहहरुले शहरमै आएर विवरण अद्यावधिक गर्न लागेका छन् ।

कालिकोटको पलाता गाउँपालिका, खाँडाचक्र नगरपालिका र रास्कोट नगरपालिकाले ब लाभग्राही खोज्न शहर पसेको छ ।

गाउँपालिकाहरुले सूचना जारी गर्दै पालिकामा दर्ता भई प्रदेश राजधानी सुर्खेत, काठमाडौँमा बसोबास गरिरहेका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ । सुर्खेतको लागी होटल शुभ र काठमाण्डौका लागी होटल हार्दिक बागबजारमा शिविर संचालन गरेर रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले मंगलवार औपचारिक रुपमा सेवा प्रवाह संचालन गरिएको नगरपालिका पंजिकरण व्यत्ती हुकम शाहीले जानकारी दिए ।

यस्तै अवस्था अन्य पालिकाहरुको पनि छ । पहाडी, उच्च पहाडी, हिमाली र तराई मधेशका स्थानीय तहहरु पनि आफ्नो पालिकाका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्न काठमाडौँ लगायतका शहरी क्षेत्रमा विशेष अभियान नै चलाएर सक्रिए भएका छन् ।

जसले गर्दा वृद्धवृद्धा , बालबालिका र अन्य अपागंता भएकाहरुका लागी निकै सहज भएको छ । नविकरण्कै लागी एक हप्ताको समय लिएर वर्खाको बाटोमा गाउँ जानु प्रर्दा कति दुख र खर्च हुनेथियो यो समस्याबाट मुक्त भइयो ७१ वर्षिय देविदर सिम्खाडाले भनिन् । काठमाण्डौमै यो सुविधा पाउदा निकै खुशी लाग्यो भन्दै नगरपालिकालाई धन्यवाद दिइन । देविदरा मात्र हैनन विभिन्न कारणले गाउँ बाहिर बसिरेहका असक्तहरुका लागी पालिकाले गरेको यो सेवा निकै फलदायी र जनमुखी रहेको सेवाग्रहीको वुझाई छ ।
सम्बन्धित फोटो ः
१) गाउँमा हुने नविकरण काठमाण्डौमै गर्न पाउदा खुशी हुदै ७१ वर्षिय देविदरा सिम्खाडा।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित