Online News Khabar

आफु अनुकुलको अधिकृत नहुदा ६ महिनादेखी प्रमुख प्रशासकिय अधिकृत बिहिन

947
SHARES
1.1k
VIEWS

 

 

 

यहाँको खाँडाचक्र नगरपालिका ५ महिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको छ । नगर प्रमुख कमलबहादुर शाहीको आफु अनुकुलको प्रमुख प्रशासकिय अधिकृत नहुदा ६ महिनादेखी प्रमुख प्रशासकिय अधिकृत बिहिन अवस्था रहेको हो ।
नगरपालिकाका मेयर कमलबहादुर शाहीको एकल निर्णयले गत कार्तिक १४ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका प्रवलजंग शाही लाई हटाई नगरपालिकाको प्रशासन शाखामा कार्यरत अधिकृत छैंठौं तहका अविराज शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि नगरपालिका बिबादित बन्दै गएको गएको थियो ।
नगरपालिकामा उपसचिव लेबलको दरबन्दि भएतापनी उपसचिव टिकाउन सकेन । नगरपालिका भित्र सवैभन्दासिनियर सातौ तहका जसीप्रसाद चौलगाईलाई केही समय हाकिम बनाएपनी विभिन्न बाहाना गरेर हटाएर फेरी अधिकृत रहेका प्रवलजंग शाही लाई हाकिम बनाएको थियो । अहिले प्रवलजगं छन न चौलगाई ! मन्त्रालयले उपसचिवनै तोकेर पठाएपनी यहाँको किचलो र लफडाले गर्दा बिच बाटोबाटै फकिर्ने गरेका छन ।
मन्त्रालयले केही दिन पहिदा एकजना उपससिचवलाई पठाएपनी उनि कार्यालयमै नपुगेर फिर्ता गएका छन। फेरी त्यसलगतै नगरपालिकाले तिलागुफा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवकिरण बुढालाई निर्णय गरेर पठाएको थियो । मन्त्रालयदेखी वुढाको नाममा कामकाजको चिठि आएपनी विभिन्न राजनिति पावरले रोकिएको छ ।

मेयर शाहीले मन्त्रालयले कर्मचारी पठाउन नसकेको आरोप लगाएका छन्। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर ११ गते अविराज शाहीलाई जिम्मेवारीबाट हटाइएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको हो ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि जनताका दैनिक कामकाजका साथै भुक्तानी सम्बन्धी कुनै पनि काम हुन सकेका छैनन् । कर्मचारी तलव भत्ता, बाल पोषण, बृद्धभत्ता, योजनाको भुक्तानी तथा दैनिक कार्यालयको खर्च समेत भुक्तानी हुन सकेको छैन ।
सरकारले आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने निर्णय गरेको थियो । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार मौलाउँदै गएको, बेरुजु बढेको, विकास निर्माणका काममा ढिलासुस्ती भएको, सेवा प्रवाह र सुशासन कमजोर बनेको लगायतका अनियमितताका समस्या बढ्दै गएको गुनासो आउन थालेपछि सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्यलाई निरुत्साहित गर्न निर्णय गरेको हो ।

खाँडाचक्र मात्र हैन जिल्लाका अधिकासं स्थानिय तहमा निमित्त प्रमुख प्रशासकिय अधिकृत नै छन ।
दरबन्दि अनुसारको कर्मचारी नहुदा भ्रष्टाचार मौलाउँदै गएको, बेरुजु बढेको, विकास निर्माणका काममा ढिलासुस्ती भएको, सेवा प्रवाह र सुशासन कमजोर बनेको लगायतका अनियमितताका समस्या बढ्दै गएको गुनासो आउन थालेको हो ।
फोटो ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित