Online News Khabar

अव हुल्म–मान्म सररर……….

924
SHARES
1.1k
VIEWS

 

कालिकोट – उकालो बाटो, धुलो धुवाँ र दर्जानौ घुम्ती पार गरिसकेपछी कालिकोटको सदरमुकाम मान्म पुगिन्छ । सुर्खेत–जुम्ला सडकखण्डको हुल्मदेखी उकालो लागेर मान्म पुन्न एक घण्टा समय लाग्छ । यस्तो कस्टकर यात्राबाट मुक्तीपाई यहाँका नागरिक तथा अन्य यात्रा गर्ने यात्रुहरु अव सरर सदरमुकाम मान्म पुग्ने भएका छन ।

कर्णाली प्रदेशको राजधानीबाट अपर कर्णाली जोड्ने मुख्य यातायात मेरुदण्ड मानिने सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको हुल्म–मान्म खण्डमा कालोपत्रेको गर्ने काम सुरु भएपछी अव हुल्मदेखी सदरमुकाम मान्म सरर पुग्ने भएका हुन् ।

ठेक्का सम्झौता भएको अन्तिममा सडक कालोपत्रे भएको हो । लामो समयदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्राको सामना गर्दै आएका स्थानीयवासीका लागि यो सडकखण्ड कालोपत्रे हुन थालेपछि दैनिक जीवन सहज हुने अपेक्षा बढेको छ ।
सदरमुकाम मान्म जोड्ने यस सडक खण्डमा सडक सम्याउने र कालोपत्रे बिछ्याउने काम भएसँगै सडकको स्वरुप पनि बदलिएको छ ।
सडक कालोपत्रे भएसँगै यस खण्डमा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण हुने सवारी आवागमनको समस्या क्रमशः हट्ने विश्वास गरिएको छ । सडक जीर्ण हुँदा अस्पताल आउने बिरामी र सदरमुकाम मान्म हुँदै रारा तर्फ जाने पर्यटकहरु निकै समस्यामा पर्ने भएका थिए ।
स्थानीय सुधार मल्लका अनुसार सडक सुधार भएपछि अस्पताल जाने बिरामी र सदरमुकाम मान्मसम्मको यात्रा सहज हुने, बजार आवागमन बढ्ने र व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने छ । साथै, सुर्खेत–जुम्ला सडक कर्णालीका कालीकोट, जुम्ला, मुगुलगायतका जिल्लाका लागि जीवनरेखाको रूपमा रहेकाले यस खण्डको कालोपत्रेले समग्र अपर कर्णालीको यातायात व्यवस्थापनमा सुधार ल्याउने आशा गरिएको छ ।

सडकको गुणस्तर कायम गर्न आवश्यक मापदण्डअनुसार काम भइरहेको निर्माण कम्पनीका संचालक गणेशमान पाण्डेले बताए । उनका अनुसार सडकको चौडाइ, घुम्ती सुधार र नालाको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेकोे छ । समयमै काम सम्पन्न भए कालीकोटको सदरमुकामसँगै मुगुको रारा ताल र जुम्ला तर्फ जाने यात्रु तथा वाहिय पर्यटकलाई सहज हुने आशा गरिएको पाण्डेले बताए ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले आफुले दुई पटक सडकको कालोपत्रेको काम गुणस्तर हुनु पर्ने भन्दै स्थलगत अनुगमन गरेको बताए । सडक चौडा पछी यो सडक धुलो धुवाँले यो बाटोमा यात्रा गर्ने यात्रुले कस्टकर यात्रा गर्नु परेको थियो । अव सरर सदरमुकाम पुग्न सकिने भयो । ‘‘अहिले काम जारी छ । अझै पनि हामीले सडक कालोपत्रे गुणस्तरको पाटो हेरिरहेका छौं,’’ प्रजिअ सुयलले भने । लामो समयदेखि अधुरो विकासको प्रतीक बनेको मान्म–हुल्म सडक खण्डमा कालोपत्रे सुरु हुनु कालीकोट जिल्लाका लागि मात्र होइन, समग्र कर्णाली प्रदेशको विकास यात्रामा पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको उनको भनाइ छ ।
हुल्मदेखी सदरमुकाम मान्मसम्म २ प्याकेजमा पिज गर्न थालिएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर रौरवकुमार सिंहले जानकारी दिए । उनका अनुसार सेरिघाटदेखी अस्पताल सम्म ४ किलो मिटर र अस्पतालदेखी मान्म बजारसम्म एकसय ५० किलोमिटर र दही खोला देखी सेरिघाटसम्म ३ किलो मिटर गरी जम्मा ९ किलो मिटरमा दश करोडको लागतमा पिज भइरहेको छ । यस्तै मान्मदेखी जुम्लासम्म पनी पिज भइरहेको सिंहले बताए ।

सम्बन्धित फोटो ः
१) राजमार्गको हुल्मदेखी सदरमुकाम मान्म जोड्ने झाम्लामोडमा हुदै गरिएको पिज ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित