Online News Khabar

गैरकानुनी सवारी कर असुल्दै रास्कोट नगरपालिका

976
SHARES
1.1k
VIEWS

कार्तिक ३०,कालिकोट–  जिल्लाको रास्कोट नगरपालिकाले गैरकानुनी रुपमा सवारी साधनहरु बाट कर लिने गरेको पाइएको छ ।
शान्तिघाट देखी रास्कोट नगरपालिका प्रबेशद्धारा मा चुंगी राखेर कानुन बिपरित सवारी साधनहरु जिप, हाइस,ट्र«क, टयाक्टर र बस हरुबाट दैनिक जसो पैसा उठाउने गरेको पाइएको हो ।
नगरपालिकाले तिनवर्ष अघिदेखी शान्तीघाट सिमाक्षेत्रमा चुंगी राखेर नगरप्रहरी मार्फत दैनिक जसो सवारी सभानहरुबाट कर लिने गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन ।
दैनिक जसो जिपहरुबाट एकसय पचास, हाइसबाट तिनसय, ट्र«कबाट पाँचसय टयाक्टर मार्फत दुईसय र बसबाट पाँचसय रुपैयाँ उठाउने गरेको यातायात व्यवसायी बिशाल धमलाले गुनासो गरेका छन ।
नगरपालिकाले सवारी साधनहरुबाट कर नउठाउनु भनी जिल्ला प्रशासन कार्यालय कालिकोटले पटक पटक पत्र पठादा पनी प्रशासनको आदेशको अवेज्ञा गर्दै नगरपालिकाले दिनहुँ जसो कर उठाउने गरेपछी यातायात व्यवसायीहरुले जिल्ला प्रशासनमा पुगेर ध्यानाकर्षण गराएका छन ।
आफुहरु करको दोहोरो मारमा परेको भन्दैप्रमुख जिल्ला अधिकारी गाोकर्णराज सुयललाई गुनासो गरेका हुन् । कर उठाउनै पर्ने हो भने नगर प्रमुखको गाडी बाट पनी उठाउनु पर्यो । नगर प्रमुखको गाडी भाडामा प्रयोग गरिएको छ । हैन भने गाडीको किस्ता समेत तिर्न नसक्ने हामिबाट कर उठाएर पनी दाखिला गदैन नगरपालिका बिशालले गुनासो गरे । यातायात व्यवसायीहरुले गैरकानुनी रुपमा लिने सवारी कर बन्द गर्न संयुत्त रुपमा निबेदन समेत दिएका छन ।

 

प्रमुख जिल्ला अधिकारी सुवालले स्थानिय सरकाले लिने यस्तो कर गैरकानुनी रहेको बताएका थिए । गृह मन्त्रालयले भनेको छ, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग–सहायक राजमार्गमा स्थानीय सरकारहरूले विभिन्न किसिमका करहरू उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मंसिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजनासहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात उक्त कार्य रोक्न भनिएको छ । यदी अझै पनी सवारी साधानहरुबाट कर उठाएको पाइएमा कानुन अनुसार कारवाही हुने समेत बताए ।
उता नगरपालिकाले आफुहरुले स्थानिय कानुन बनाएर कर उठाउने गरेको दावि गरेको छ ।

सवारी साधान मार्फत उठाएको रकममा अनियमितता
रास्कोट नगरपालिकाले सवारी साधनबाट उठाएको लाखौको रकम अनियमितता गरेको पाइएको छ ।
महालेखा परिक्षणको कार्यालयको प्रतिबेदनमा सवारी साधानबाट उठाएको एकलाख ८२ हजार पाँचसय ९८ रुपैया राजश्व दाखिलान नगरी अनियमितता गरेको भनि असुल गर्नु पर्ने भनिएको छ ।
प्राकृतिक स्रोत तथा सधान र सवारी साधानबाट उठाएको रकम दाखिला नभएकाले दाखिला गर्न भनिएको छ ।
नगरप्रमुखको आदेशमा रोल्लेटी उठाउन जिम्मा पाएको राकेश थापाको जिम्मा थियो ।
सम्बन्धित फोटो ः
१) चुंगी हालेर नगरले काटेको रसिद ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित