कालिकोट – कर्णालीको महत्वपुर्ण अर्को जलविद्युत आयोजना तिलाकर्णाली हाइड्रोपावर १२ वर्षदेखी एक निर्माण कम्पनीको बन्धकमा रहेको छ ।
निर्माणको जिम्मा पाएको एसी पावर कम्पनीले २०६७ साल चैतमा सरकारसंग सम्झौता गरेको थियो । सम्झौता गरेको १२ वर्ष पुग्दासमेत तिलाकर्णाली जलविद्युत आयोजना अझैसम्म कम्पनीकै बन्धकमा रहेको हो ।
१२ वर्षमा त खोला पनि फर्किन्छ भन्ने उखान छ । तर, कम्पनीले भने यो अवधिमा तिला कर्णालीका लागि लगानी समेत नजुटाई ‘बन्धक’ बनाएर मात्र राखेको छ ।
कम्पनीले ४ सय ४० मेघावाटको तिला (१) र ४ सय ४० मेघावाट तिला (२) को गरी जम्मा ८ सय ८० मेगावाटको विद्युत उत्पादन गर्ने सम्झौता भएको थियो ।
तिला (एक) को आयोजना कालिकोटको तिलागुफा ५ धनाडामा र तिला (दुई) खाँडाचक्र नगरपालिका ६ सेराबाडामा बाँध बन्ने ढिपिआरमा उल्लेख थियो ।
आयोजनालाई वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) का लागि दिइएको पछिल्लो म्याद गत वर्ष नै सकिएको थियो । तर, तोकिएको समयमा लगानी जुटाउन नसकेपछि जीएमआर बोर्डसँग औपचारिक छलफलमा आएन ।
जसले गर्दा आयोजनाको भविश्य नै अन्योलमा परेको छ । लगानी जुटाउने म्याद सकिएको वर्षौ बितिसक्दासम्म पनि काम सुरु गर्न सकेको छैन । राजनीतिक दाउपेचमा परेको यो धन्नै ९ सय मेगावाटको आयोजना स्वदेशी कम्पनी र भारतीय कम्पनीले निर्माण गर्न परियोजना विकास सम्झौता पनि भइसकेको छ ।
निर्माण कम्पनी भन्छ लगानी जुटाउदै छौँ ।
वर्षाैदेखी झोलामा खोला बोकेर लगानी खोज्दै हिँडेको एसिपावर कम्पनी फेरी जिल्लामा फर्केको छैन ।
निर्माणको म्याद थप्दै लगानी खोज्दै गरेको कम्पनीले अहिले भारतिय कम्पनी जिएमआर संग लगानी गरिदिन गुहार माग्दै आएको छ ।
टान्समिटर लाइन नबन्दा अहिलेसम्म निर्माणको काम अगाढी बढाउन नसिकिएको एसिपावर कम्पनीका प्रमुख हरिचन्द्र शाहले बताए ।
निर्माणको जिममा पाएको लामो समय भएपनी सरकार संग आधिकारीक लाइसेन्स पाएका थिएनौ शाहले भने” अव पायौँ फागुनदेखी काम अगाढी बढाउने छौँ ।
निर्माणको जिम्मा पाएपनी केही प्राविधिक र आर्थिक चुनौतिका कारण रोकिएको हो । हामि लगानीको लागी भारतिय कम्पनी जिएमआर संग सम्झौता गर्दै छौँ । अव काम अगाढी बढ्छ प्रमुख शाहले भने ।
स्वदेशी कम्पनीले लगानी गर्न नसकी भारतिय कम्पनी जिएमआरको भरमा प्रर्दा तिलाकर्णाली जलविद्युत आयोजना अलपत्र अवस्थामा परेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए ।
यस विषयमा सहमती र सम्झैता अनुरुप यसै कम्पनीले काम अगाढी बढाउनु पर्छ । अव म्याद थप्नु हुदैन काम नगनेैनै भए अर्को कम्पनीलाई काम गर्न दिनु पर्छ शर्माले भने”
स्वदेशी कम्पनी एसिपावरले १२ वर्षदेखी तिला एक र तिला २ जलविद्युत आयोजना आफुले काम गरेको छन न अरुलाई काम गर्न दिएका छन । वर्षौदेखी झोलामा खोला बोकेर हिँड्न पाइदैन ।
मुआब्जा सहमती बिनै ९ मिटर सुरुङ खनिसकेको
तिलाजलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु संग सहमतिनै नलिएर आयोजनाले ९ मिटर सुरुङ खनिसकेको छ ।
परिक्षणको लागी खनिएको सुरुङ पास पनी भइसकेको छ । सुरुङ खनेको ९ वर्ष हुदासमेत अहिले सम्म यो क्षेत्रमा कम्पनी पुगेको छैन ।
प्रभावित क्षेत्रका वासिन्दाहरु संग मुआब्जाको मुल्य निर्धाण नै नगरी वेर्तामोडको भिडमा ९ मिटर सुरुङ खनिसकेको छ । अहिले यो कम्पनी बेपत्ता छ । ६७ को चैतमा भएको परियोजना विकास सम्झौता (पीडीए) मा तिलाकर्णालीको वित्तीय व्यवस्थापन ५ वर्षभित्रै (०७३ असोजसम्म) टुंग्याउने उल्लेख थियो ।
निर्माण नगर्ने भए आयोजना छोड्न निर्माण कम्पनीलाई चेतवानी
तिला कर्णाली जलविद्युत् आयोजनाको काम नभएको भन्दै आयोजना प्रभावित क्षेत्र कालिकोटका स्थानीयले आयोजना निर्माण नगर्ने भए आयोजना छोड्न निर्माण कम्पनीलाई चेतवानी दिएका छन् ।
आयोजनाका प्रभावित नागरिकले आयोजना निर्माण हुनुपर्ने कि जीएमआरले छोड्नु पर्ने भन्दै विरोध गरेका हुन् ।
माथिल्लो कर्णाली र तिला जलविद्युत निर्माण आयोजना गर्ने भारतिय जिएमआर लाई दिन नहुने भन्दै लामोसमयदेखी नेपाल मजदुर किसान पार्टीले विरुद्धमा रहेको छ ।
आयोजना निर्माण नगरेर वर्षौंसम्म होल्ड गरेको जीएमआर कम्पनीलाई कि चाँडो आयोजना निर्माण नत्र छोड्नका लागि नेमकिपा अध्यक्ष खड्गराज शाहीले चेतवानी दिएका छन ।
‘पटक–पटक निर्माण गर्ने भन्दै जीएमआरले झुक्काएको छ र मुआब्जा लगायतका समस्या समाधान भएको छैन उनले भने, ‘अब कुनै हालतमा स्थानीय चुप लागेर बस्ने अवस्था छैन् । न भनेको समयमा नै निर्माणको काम अगाडि बढेको छ । केवल होल्ड गरेर मात्र केही काम छैन् ।’ यो कम्पनीले पुरानो सम्झौताका आधारमा निर्माण आगाढी नबढाउन पनी चेतावी दिएको छ । पहिला नेपालमै विद्युत खपत गरेर पछी भारतलाई बेच्ने सर्तमा मात्र निर्माणको काम अगाढी बढाउनु पर्ने भन्दै आएको छ ।
नागरिक अगुवा भन्छन नेताको खर्च पकेट भयो
संगै निर्माण सम्झौता भएको फुकोट कर्णाली जलविद्युतको मुआब्जादेखी अन्य कामको ३० प्रतिशत काम भइसक्यो । तिलाको अहिले सम्म काम सुरु नहुनु मुख्य राजनितिक दलका नेतृत्वको कमजोरी रहेको आरोप लगाएका छन ।
निर्माणको जिम्मा पाएको १२ वर्ष पुग्दासमेत अझै काम सुरु नहुनु मुख्य कमजोरी जिल्लाका नेतृत्वको रहेको नागरिक समाजका अगुवा हस्तबहादुर बमले बताए ।
निर्माण कम्पनी लगानी खोज्दै झोलामा खोला बोकेर हिँड्ने यता हाम्रा नेताहरु खर्च चलाउन आयोजनाको कार्यालयमा भेट्ने काम सुरु गराउने पहल नगेर्न जस्ता कामले अहिलेसम्म तिला जलविद्युत आयोजनाको काम सुरु हुन नसकेको बलमे आरोप लगाए ।
अधुरो राष्ट्रिय प्रसारण लाइन कालिकोट पुगेपनी अहिले कालिकोट अन्धकार छ । प्राकृतिक लोभ लाग्दा खोलानालाहरु भने केही स्वदेशी तथा बिदेशी कम्पनीहरुको बन्धकमा छन ।
सम्बन्धित फोटोः
१) तिला जलविद्युत बन्ने सेरीघाट
२) तिलानदी
Discussion about this post