Online News Khabar

५ वर्षदेखी राहत कुर्दै पहिरो पिडित

878
SHARES
1k
VIEWS

 

 

कालिकोट-  २०७८ सालको असोज महिनाको भिषण वर्षाका कारण बाढि र पहिरोबाट घरबार गुमाएका कालिकोटका एक हजार २० जना पहिरो पिडितले अहिलेसम्म राहात पाउन सकेका छैनन् ।
असोज १९ गतेको वर्षाले यहाँका ९ वटै स्थानिय तहमा ठुलो क्षत्री पुगेको थियो । पहिरोले पुर्ण र आंशिक रुपमा यहाँका ९ वटै स्थानिय तहबाट एकहजार २० घरधुरीमा क्षतीको पुगेको बिवरण स्थानिय तहले जिल्ला बिपद व्यवस्थापन समितिलाई पठाएपनी अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरेका छन् ।
पहिरोले तिलागुफा नगरपालिकामा ८० घरमा पुर्ण क्षती भएको थियो भने १८ वटा घरमा आंशिक रुपमा क्षती पुराएको थियो । यस्तै पचालझरना गाउँपालिकामा ६२ घरमा पुर्ण क्षती ५६ घरमा आंशिक रुपमा क्षती, पलातामा एकसय ६२ घरमा आंशिक क्षती, महावै गाउँपालिकामा ४३ घरमा पुर्ण र १३ घर आंशिक यस्तै रास्कोट नगरपालिकामा एकसय ४८ घरमा पुर्ण, १सय २१ घरमा आंशिक, शुभकालिका गाउँपालिकामा ५८ घरमा पुर्ण क्षतीर १४ घर आंशिक रुपमा क्षती पुराएको थियो ।
नरहरीनाथ गाउँपालिकामा १९ घर पुर्ण क्षती र ६ घरमा आंशिक गरी ९ वटै पालिकामा एकहजार २० लाफग्रहीले अहिलेसम्म राहत पाउन सकेका छैनन् । राहत र पुननिर्माण गरिदिन्छौ भनेको ५ वर्ष भयो अहिलेस सम्म कुनैपनी राहत पाउन नसकेको पिडितको गुनासो छ ।

पहिरोले घरवार बिहिन भएर आफन्तको घरमा ओत लागेका छौँ कसैले रिणसापट गरेर बस्ने घर बनाए तर, सरकारले अहिलेसम्म राहत दिन सकेको छैन पहिरो पिडित मानसिंगे सार्कीले गुनासो । ५ वर्ष बढी भयो न घर पुर्ननिर्माण गरिदिएको छ नत कुनै राहत रकम अहिलेसम्म राहतकै प्रखाइमा बसेको छौ । स्थानिय तहमा जादा हामिले १० प्रतिशत रकम विपदको खातामा हालिसकेका छौ प्रदेश र संघले दिने रकम नदिदा रोकिएको जवाफ लिन्छ मानसिंहले भने ।
अर्का पहिरो पीडित बलबहादुर नेपाली सरकारबाट केहि सहयोग नपाएपछि परिवारसहित कालापहाड हानिए । ऋण लिएर बनाएको घर पहिरोले बगाएपछि तिर्नका लागि कालापहाड जानु परेको उनले बताए । ‘पसिना बगाएर कमाएको केहि रकम ऋण तिरेँ, बचेको रकमले गाउँमै एउटा घडेरी जोडेको छु,’ बलबहादुरले भने । सरकारबाट राहत पाउने आश अझैँ नमरेको उनको भनाइ छ ।

जिल्ला बिपत व्यवस्थापन समिती कालिकोटमा आइतवार बसेको बैठकमा जिल्लाका स्थानिय सरकारका प्रमुखहरुले आफुले बजेट छुटाएपनी प्रदेश र संघले नदिदा पहिरो पिडितले राहत नपाएको आरोप लगाका छन ।

संघ र प्रदेशबाट वजेट नदिदा बाढि पिडित ले राहनत पाएनन २८ लाख वजेट १० प्रतिशतका दरले ६५ घरधुरिलाई वजेट छुटाछौ हामिले गालि खाईराछौ सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसिले बताए ।
पिडितले राहात नाममा एक त्रिपाल पाउन वर्ष कुर्नु पर्छ शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द आचार्यले बताए । २०७७÷७८ को भिषण बाढि र पहिरोबाट क्षतिमा परेका हरूका लागि ५१ लाख रकम सकियो अझै पिडित छन प्रदेश र संघले बजेट नदियपछी हामिले गालि खाईराछौ ।
मुख्य राजमार्गमा बाटो बिग्रिदा सवैको चासो हुन्छ गाउँका साहायक बाटोमा पहिरो जादा कसैको ध्यान जादैन फेरि गाली स्थानीय सरकारले खान्छ आचार्यको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्यले प्रदेशले दिने राहत नलिने भएकाले संघसरकारलाई हामिले लाफग्रहीका फाइल पठाएका छौ उनले भने।’ बैठकमा सरोकारवालहरुले ५ वर्षसम्म पनी पिडितले राहत नपाउनु मुख्य दोषी स्थानिय सरकार रहेको आरोप लगाए । बास्तविक पिडित नभइ आफ्नो पार्टीका कार्यकर्ताहरुको नाम फैर्जी नाम रहेकाले पनी यो समस्या आएको हुन सक्ने बताए ।

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएका घरपरिवारलाई आवास निर्माणको लागि राहतस्वरुप प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारको २०७७ साउन १७ गते बसेको मन्त्रीपरिषद् बैठकले विपद्बाट क्षती भएका घरपरिवारलाई तीन महिना खान पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको थियो ।
अहिले बाढि पहिरोबाड घरवार बिहिन भएका पिडितहरु केही नमुना एकिकृत मा बसेका छन भने केही त्रिपाल र आफन्तका घरमा ओत लागेर बसिरहेका छन ।

सम्बन्धित फोटो
१) जिल्ला विपत व्यवस्थापन समितिीको वैठकमा उपस्थित सरोकारवाला र पहिरो पिडित


२) त्रिपालमा पहिरो पिडित

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित