Online News Khabar

युनिकोड

कर्णालीकै होची कलसराको अपांङ् भत्ता गाउँपालिकाले काटिदियो

1.1k
SHARES
1.4k
VIEWS
  1. कालिकोट — पचालझरना गाउँपालिका – १ सिकुकी २७ वर्षिय कलसा एैडीको राज्यबाट पाउने सेवा सुविधा गाउँपालिकाले काटि दिएको छ ।
    २०७१ सालमा साविकको बदालकाेट गाउँ विकास समितिले कलसरलाई (क) बर्गको अपांङ् परिचयपत्र दिएको थियो ।
    २०७१ देखी ७८ सम्म गरी ६ वर्षसम्म कलसाले खाएको सुविधा गत वर्ष पचालझरना गाउँपालिकाले सेवाबाट बन्चित गराएको हो ।
    ६ वर्ष सम्म (क) बर्गको अपांग भत्ता गाउँपालिकाले काटिदिएको भन्दै पिडित कलसराले गुनासो गरेकी छन ।
    राज्यबाट खाई आएको सेवा सुविधाबाट गाउँपालिकाले बन्चित गरायो, मलाइ अन्हाय भयो कलसाले भनिन्” अहिले गाउँपालिकाले (घ) बर्गको अपांङ्ख परिचयपत्र बनाइ दिएको छ मैले त्यो सुविधा खाएको छैन ।

उनले भनिन’ “मैले खाइआएको (क) बर्ग को परिचयपत्र हरायो पत्र हराएपनी मैले सोही सुविधा खादै आए। तर, गाउँपालिकाले परिचयपत्र छैन भनेपछी फेरी स्वास्थ्य परिक्षण गरेर (घ) बर्गको परिचयपत्र बनाएर दियो ।

६ वर्षसम्म खादै आएको सुविधा गाउँपालिकाले काटिदियो।
सिंह दरबारको अधिकार गाउँमा आयो सवै खुशि भए तर, मलाइ स्थानिय सरकार बिस्मात भयो! मासिक ३ हजार खादै आएको सुविधा पनी काटिदियो । अहिले एक्लो जिबन चलाउन मुस्किल भएको छ । कलसरा अहिले अविवाहित छन बिहे गरेकी छैनन् । उनको हाइट अहिले ३ फिटकी छन । उनको दावी छ म कर्णालीकै सवैभन्दा होची नारी हुँ। मलाई समाजले हेर्ने नजर होचुवा छ । म अपांङ्ख हुँ राज्यले दिएको मेरो सुविधा राज्यलेनै काटिदियो।

उता गाउँपालिकाले परिचयपत्र हराएको कुनै सेवा खाएको विवरण नभेटिएकाले सुविधाबाट बन्चित गर्नु परेको बताएको छ ।
साविकको गाउँ विकास समितिले स्वास्थ्य परिक्षण नै नगरी अधिकांशलाई सेवा दिएको पनी भेटियो । कलसराले पनी (क) वर्गको सेवा उपयुक्त नभएकाले फेरी डाक्टर सहितको स्वास्थ्य शिविरले (घ) बर्गको परिचयपत्र दिएको पुर्व गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन ।

यसमा हामि जिम्मेवार हैनौ डाक्टरको रिर्पोट अनु्सार कलसालाई (क) बर्गको परिचयपत्र उपयुक्त नभइ (घ) बर्गमा राखेको उपाध्यक्ष न्यौपानेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित