Online News Khabar

स्वार्थको गठबन्दन दिगो रहदैन ः कांग्रेस नेता शाही

864
SHARES
1k
VIEWS

कालिकोट- प्रधानमन्त्रीको कुर्सी जोगाउन गरिएको गठबन्दन दिगो नहुने नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले बताएका छन् ।
मंगलबार रक्षा नेपालको आयोजनामा कालिकोटको सदरमुकाम मान्ममा आयोजित कार्यक्रममा युवा नेता शाहीले यस्तो बताएका हुन् ।प्रचण्डको छेपारे प्रवृतीका कारण देश संकटमा धकेलिएको समेत आरोप लगाए ।
अहिले पनी कुर्सी जोगाउनकै लागी बाम एकताको नारा लगाएर कुर्सी जोगाउने खेलमा रहेको बताए । एमाले संगको गठबन्दन केही समय र स्वास्र्थको लागी हो । नेकपा भएको वेला त सत्ता र पार्टी फुटाएका प्रचण्ड अहिलेको स्वार्थको साइनो लगाएको बताए ।
कांग्रेस संगको गठबन्दन टुटाएर एमाले लगायतका दलसंग सत्ता समिकरण सुरु नगरेकै हिजो पनी उनले प्रचण्ड नमर्दासम्म देशमा उथल पथल आइरहने छ भनेर अभिव्यक्ती दिएका थिए । यसको भाव सरामा वुझ्दा प्रचण्ड स्वार्थको लागी जहिले जे पनी गर्न सक्ने भएकाले यो गठबन्दन दिगो र देशको आवश्यकता नरहेको बताए । मैले महासमिती भेलामै भनेको थिए । माओवादी र कांग्रेसको सत्ता समिकरण अपवित्र हो आखिर साचो यही भयो ।

संसदमा स्पष्ट बहुमत कसैको छैन। यतिवेला देशले स्थिर सरकार चाहिरेहको छ । देशलाई विकास आवश्यक रहेको बेला स्वार्थको सत्ता परिर्वतनले देश अझै विकासमा पछाडी पर्ने समेत चिन्ता प्रकट गरे ।
रक्षा नेपालले कालिकोटको खाँडाचक्र नगरपालिका वडा र्न २ का बेरोजगार युवा तथा युवतीलाई सिपमुलक शिक्षा दिन परिक्षार्थी छनौट कार्यक्रममा नेता शाहीले नेपालको राष्टिय राजनिती र आफ्नो राजनितिमा गरेको योगदानका बारेमा चर्चा गरेका थिए । आफु दुई पटक प्रतिनिधि सधा सदस्यमा पराजित भएपनी जनताको माया र सदभाव कायमै रहेको भन्दै आफु जनताको बिचमै सेवामै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित