कालिकोट – म र मेरो जनज्योती मावि भर्ता नङ र मासुको सम्बन्ध त के मुटुमाथीको अर्को मुटु झै लाग्छ । सानो छदा, किताव हातमा बोकेर, रहेक प्यासका बिचमा ज्ञानको ज्योती भरेको मेरो स्कुलमा लामो समयपछी जादाका केही मेरा अनुभोवहरु पोखेको छु ।
असल अभ्यासहरु
१ )बिधालयमा खेल मैदान खानेपानी उचित छ ।
२) सबै कक्षाको विषय अनुसार शिक्षक छन ।
३) कक्षा ९,११,१२ मा डिजिटल शिक्षण सिकाई भएको छ ।
४)बिधालय व्यवस्थापन समिति सहमतिमा गठन भएको छ ।
५)बिधालयमा सहभागी बिधार्थिमा छात्र भन्दा छात्रा सहभागीता राम्रो छ
६ ) स्थानीय सरकार, वडा सरकारको प्रत्यक्ष अनुगमान मुल्यांकन भएको छ ।
७ ) बिधालय व्यवस्थापन समितिले अनुगमन तथा रेखदेख गरेको छ ।
८) बिधालयमा शिक्षक अभिभावक संघ गठन भएको छ ।
९)शिक्षक, शिक्षिकाहरूको उपस्थिति राम्रो छ
ख … केही सुधार गर्नु पर्ने पक्षहरू
१) शिक्षकहरूमा म वाद काएमै छ ।
२)शिक्षकलाई सामुदायिक बिधालयमा पढाइ राम्रो हुन्छ भन्ने पहिला आफुलाई नै विश्वास छैन किन उहाहरूका बालबालिका नै निजी बिधालयमा छन जस्तै निज स्कुलमा छन ।
३) बिधालयका भवन हरू पहिरोको उच्च जोखिमा छन ।
४) बिधालयमा बनेका भौतिक संरचना खासै बाल मैत्री देखिएका छैनन् ।
५) सेनिटरि प्याडको लागि दिएको भ्यान्डिङ मेसिन डस्पिन राख्ने ठाउँमा थन्किएको छ प्रयोग छैन।
६) खासै सोच जति परिवर्तन हुनुपर्ने हो अहिलेसम्म सबैको उस्तै देखियो ,यसमा ,अभिभावक ,शिक्षक,विधार्थी लगाएत सरोकारवाला सबैले आफू जिम्मेवारीबाट पन्छिन खोज्ने र दोश अरूलाई थुपार्ने काम जस्ताको तस्तै छ ।
७) शिक्षक,विधार्थी बिधालय नियमित उपस्थिति भएपनि ,मन खोलेर शिक्षलाई पठाउनु पर्छ ,भन्ने र विधार्थीलाई पढ्नुपर्छ भन्ने देखिदैन ।
८) अहिलेसम्म पालिकाले एउटा खेलकुद शिक्षक भनेर छुट्टै नियुक्ति गरेको छैन ।
९)बिधालयमा राजनीतिक गन्ध कता कता मौलाई रहेको छ।
१०) यही आ व मा बिधालयमा एक ठाउँमा हुने सरस्वती पुजा पनि कता कता मन नमिलेपछि दुई ठाउँमा हुन पुगे छ ।
११) म बादको अन्त्य गरि अरूपनि कोही हो भन्ने बुझ्नु पर्छ । अहिलेको चेला पछि गुरु बन्न सक्छ ।
१२) बिधालयमा आगामी दिनहरूमा बन्ने जुनसुकै भौतिक संरचनाहरू , बालबालिका मैत्री ,अपाङ्ग मैत्री हुन जरुरी छ ।
१३ ) बिधालयमा आम नागरिकले थाहा पाउने गरि सार्वजनिक सुनुवाइ तथा शैक्षिक बहस हुन जरुरी छ ।
१४ ) वडा नं ३ भित्रका जिम्मेवार व्याक्तिका बालबालिका पहिला सामुदायिक बिधालयमा भर्ना गरि गरिब तथा निमुखा वर्गलाई सामुदायिक बिधालय प्रति बिश्व दिलाइ गुणस्तरीय शिक्षा कायम गर्न जरुरी छ ।
Discussion about this post