Online News Khabar

युनिकोड

खाडीले झस्काउँदा स्वदेशमै सफल

966
SHARES
1.1k
VIEWS

कालिकोट – शान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर २ रकुका अविलाल विष्ट (परिवर्तन) संग खाडी देशको दुःखको अनुभव छ । ललितपुर मा पढ्दै गर्दा वैदेशिक यात्राको लागि कतार पुगेका उनले त्यहाँ आफ्नो देशको प्रेम थाहा पाए । थोर धेरै आम्दानी भएपनि उनलाई मनको शान्त भने कहिलै भएन ।

उनको लागि विदेशको रोजगारी यात्रा यो जिन्दगीको नयाँ अध्याय भएको थियो । तीन वर्षसम्म खाडीमा काम गरेपछि उनको मनले मानेन । विदेशीको भूमीमा उसैको ईसारामा काम गर्नुेपर्ने ? उनले कतारको यात्रा ३ बर्षमा टुङ्ग्याए । नेपाल फर्केर कृषिलाई आफ्नो नयाँ कर्म बनाउने निधो गरी त्यो तीन वर्षको कष्टकर यात्रालाई बिट मार्दै मिठा सपना, स्वदेशमै केही फरक गर्ने हुटहुटी उनले स्वदेश फकीए ।

स्वदेश फर्कीपछि उनले आफन्त, साथिभाई र परिवार संग समय आफनो लक्ष्यको विषयमा सुनाए । त्यो थियो स्वदेशमा, आफ्नै ठाउँमा कृषि उद्योग फार्म खोलेर केही नयाँ उद्यमी बन्ने । उनले भने अनुसारको कृषि फार्म सुरु भएन । उनी सुर्खेतमा अर्गानिक कर्णालीकाे बस्तु बिक्रि गर्न थाले । तर व्यवसाय चलेन । उनी भन्छन ‘एकातिर को लक्ष्य लिएको म अर्को तिर काम गर्दा कहाँ मन लाग्नु, तीन महिना व्यापार गरे पछि कुनै आशाको किरण नदेखेर व्यापार छाडी पुनः धनकै लागि विदेश जाने सोच बनाए  । ’बिदेश नजाने सोच बनाएर फर्केको उनी पुनः विदेश जाने सोच बनाए । केही रकम आर्जन गरेर ल्याएको व्यवसायमा लगाएका थिए । तर त्यो चलेन,

‘आफ्नो स्वदेशमै व्यपार व्यवसाय गर्ने उद्देश्यलाई पुरा गर्न नसकेर पुन बिदेश जाने सोच बनाएका अविलालको मन बदिलियो । खाडीको पिढा बिसर्न नसकेका उनको मनमा फेरी गाउँ घरमै केही कृर्षि उद्योग तर्फ मन गयो । घर परिवार संग सर सल्लाह गरेर आफ्नै गाउँ रकुमा चाउमिन उद्योग संचालन गर्ने सोच बनाए । २ लाख रकम जम्मा गरेर उनले प्रकृति चाउमिन उद्योग खोले ।
पहिलो पटक गाउँमा चाउमिन उद्योग संचालन गरेका अविलाललाई सन्तुष्ट हुने आधार भनेको साथिभाईको प्रशँसा र विभिन्न संघ सस्था अनि सरकारी निकायको सम्मान जसले मलाई आफ्नो कर्ममा अघि बढ्न सहज बनाएको उनी बताउँछन । आफ्नै घरपरिवार बाट पनि साथ र सहयोग मिल्न थाल्यो । पछि चाउमिन उद्योग राम्रो हुन थालेपछी हुरेन्डेक नेपाल मार्फत संचालित लाली गुराँस बचत तथा ऋण सहकारी संस्थाले थप केही रकम अनुदान दियो । अहिले दैनिक ४० देखी ५० किलोसम्म चाउमिन बिक्र्री हुने गरेको छ । खाडीको दुख सम्झीने हो भने स्वदेशमै सुन फलाएको जस्तो लाग्छ । मासिक रुपमा ५० हजार देखी ६० हजार सम्म कमाउछु । यसका लागी अझै केही समस्याहरु छन । सवै ठाउँमा यातायात सुविधा छैन। नयाँ औजार उपकरण संगै बजारी करणमा समस्याहरु छन । अहिले रंगिल, लालिघाट, शान्तिघाट लगायतका बजारमा दिने गरेका छौ । यातायतको साधनहरु भएमा रास्कोट, शान्नि , पचालझरना गाउँपालिका लगायतका क्षेत्रमा दिन सकिने अविलाल बताउछन ।
अहिले चाउमिन उद्योगमा घरकै मान्छेले रोजगार पाएका छन । मेरो योजना कर्णालीको रैथाने अन्नबाली जस्तै कागुनु, चिनो, फापर कोदो लगायतका अन्नबाट उत्पादन गरी जिल्ला मात्र हैन कर्णालीको अर्गानिक रैथाने बस्तु काठमाण्डौ सम्म पुराउने योजना थालेको बताए । अहिले रैथाने बालीको अन्नबाट बनाउने परिकारका बारेमा तालिम लिरहेको छु ।
अविलाल मात्र हैनन यहाँका बिरोजगार युवाहरु कोही न काही पेषा व्यवसायमा लागेका छन । कोही तरकारी खेती गरिररहेका छन भने केही भेडा तथा बाख्रा पालन गरेर जिबिको पार्जन गरिरहेका छन ।
बाल बिवाह छिटो बिवाह र जवजस्ती गरिने बिवाह बिरुद्धको परियोजना मार्फत बेरोजगारलाई रोजगार दिएर उनिहरुको जिविको पार्जनमा समेत सहयोग गर्दै आइरहेको परियोजना अनुगमन तथा मुल्यांकन अधिकृत कटक बमले बताए । यो परियोजनाबाट रास्कोट, नरहरीनाथ र शान्नि त्रिवेणी गाउँपालिकाका एक सय २९ जनालाई
व्यवसायिक सुरु तथा सुधार तालिम दिएर दिएर मिहला किशोरी उद्योमिहरुलाई आर्थिक सहयोग गरी जिविको पार्जन गरिरहेको बमले बताए ।
यो परियोजनाको सहयोगमा शान्नि, रास्कोट र नरहरीनाथ गाउँपालिकामा कसैले कुखुरपालन, सिलाइकटाई व्यवसाय त कसैले अर्गानिक व्यवसाय संचालन गरेका छन ।
सम्बन्धित फोटो ः
१) तिन वर्ष कतारमा पसिना बगाएका अविलाल आफ्नै गाउँ रकुमा चाउमिन उद्योग संचालन गर्दे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित