Online News Khabar

रास्कोटको सेराबजारमा जिप दुर्घटना श्रीमान– श्रीमतीको मृत्यु, एक घाइते

933
SHARES
1.1k
VIEWS

कालिकोट- रास्कोट नगरपालिका – २ सेरा बजारमा जिप दुर्घना हुदा २ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन ।
बिहिवार विहान ७ वजे जिप दुर्घटनामा रास्कोट नगरपालिका १ निवासी नेपाली कांग्रेसका नेता मनबहादुर शाही र उनकी श्रीमतीको मृत्यु भएको जनाइएको छ ।
सोही वडा निवासी रितु सिंह गम्भिर घाइते भएकी छन । घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ ।
सेराबजारको वषपार्क मा चालकले जुता लगाउदै गरेको अवस्थामा यात्रु गाडीमा चढ्दैगर्दा स्टाड गरी राखेको जिप न्युटल हुदा खोलामा गएर दुर्घटना भएको स्थानिय दिपक सिम्खाडाले बताएका छन ।

गाडी स्टाड रैछ, गाडीमा ओड नराखेकै समयमा चालकले जुता लगाउने र यात्रुले गाडीमा बस्ने समय हुदा गाडी पछाडी गुडेको थियो । तिनजना गाडीमा रहेका थिए । दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना गम्भिर घाइते छन । अव घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ । त्यतापनी उपचार सम्भवन नहुने कुरो छ । उनको हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी थालेका छौ सिम्खाडाले भने ।”
जिप नम्बर ४६१० रहेको जिपका मालिक देवनाथ योगीको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित