कालिकोट – जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका को मुम्रामा गाडी पुगेका छन । गाउँपालिका देखी काफ्रिखोला भिर सडक निर्माण भएपछी शुक्रवार बिकट मुम्रामा गाडी पुगेका हुन ।
रास्कोट नगरपालिका देखी मुम्रासम्म सडक निर्माण भएपनी मौसमी रुपमा गाडी चढेर जानु पर्ने यहाँका नागरिकहरुलाई वाध्यता रहेको थियो ।
वर्खामा तुसार खोला पहिरोका कारण सिपखानासम्म मात्र गाडी चढेर जानु पर्ने बाध्यता थियो । हिउँदको समयमा मात्र गाडीमा मुम्रा यात्रा हुने गरेको थियो । अहिले गाउँपालिका देखी काफ्रीखोला भिरको सडक निर्माण भएपछी कर्णाली करिडोर देखी गाउँपालिका केन्द्र मेहलमुडी हुदै मुम्रा गाडीनै यात्रा गर्न सहज हुने भएको हो ।
शुक्रवार गाउँपालिका उपाध्यक्ष पार्वतिसिंह प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाही लगायतको टोली गाडी लिएर मुम्रा पुग्दा त्यहाका स्थानिय नागरिकहरुले फुलमाला सहित स्वागत गरेका छन ।
Discussion about this post