प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेज गर भन्दै नाराबाजी

प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेज गर भन्दै नाराबाजी

 

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै एक हुलले नाराबाजी गरेको छ।

सोमबार कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद,देउवा मुर्दाबाद,राष्ट्रियताको रक्षा गरौं भन्दै होहल्ला भएको छ।

उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्‍य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरे। कार्यक्रम स्थलमा नाराबाजी हुन थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई सुरक्षित तवरले मन्तव्‍य स्थानसम्म पुर्‍याएका छन्।

अहिले प्रधानमन्त्री देउवा कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्।

प्रहरीले नाराबाजी गर्नेहरुलाई कार्यक्रमस्थल बाहिर निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित