रास्कोटको टोल टोलमा मेयर हेल्थकेयर कार्यक्रम सुरु

रास्कोटको टोल टोलमा मेयर हेल्थकेयर कार्यक्रम सुरु

सेवा सुरु गर्ने क्रममा पालिकाको वडा नं ९ स्थित थोल्म टोल वाट मेयर हेल्थ केयर सेवा आज एक औपचारीक कार्यक्रमको आयोजना गरेर संचालन गरेको रास्कोट नगरपालिकाका मेयर र्धमराज शाही (पोषण) ले जानकारी दिएका छन् ।

मेयर शाहीका अनुसार यो सेवा पालिकाका हरेक टोलटोलमा संचालन गर्ने रास्कोट नगरपालिका कुनै पनि नागरीकले विरामि भएर सिटामोल सम्म नपाउने वाध्यतावाट मुक्त गर्ने र स्वास्थ्य सेवामा सहज पहुचँ पुर्याउने वताएका छन् ।

पालिका स्थित एक मात्र अस्पताल रास्कोट अस्पतालमा पुग्न लाइ अफ्ट्यारोमा परेका ७० वर्ष भन्दा माथिका विरामिहरु लाई घरघरमा स्वास्थ्य सेवा संचालन गर्ने र उनिहरुलाई सहज स्वास्थ्य सेवामा पहुँच पुर्याउने असक्तलाई सहज सेवा प्रवाह गर्ने कुरा वताएका छन् ।

मेयर हेल्थ केयर सेवामा दम, प्रेरेसर, सुगर रोगको उपचार गर्नुको साथै गर्ववति महिला चेकजाच उपकरणको माध्याम वाट चेकचाज अर्थात भिडियो एक्सरे गर्ने सेवाहरु प्रदान गरेको रास्कोट अस्पतालका डाक्टर भोज राज वमले वताएका छन् ।

डाक्टर वम का अनुसार रास्कोट अस्पतालको पहुँच भन्दा वाहिर रहेका रास्कोटी जनता र आसपासमा रहेका सान्नित्रिवेणी र पचालझरनाका जनतालाई समेत यस कार्यक्रमले लक्षित गर्ने कुरा वताएका छन् ।

उनका अनुसार वडा नं ९ स्थित थोल्ममा संचालित मेयेर हेल्थ केयर स्वास्थ्य सिविर ले पचाल झरना गाउपालिकाका २१ जना विरामिहरुले सेवा पाएको समेत वताएका छन् ।

चालु आर्थिक वर्षको वजेटमा शिक्षा र स्वास्थ्यमा पहिलो प्रथामिकता रखेको नगरपालिकाले आफ्नो निति तथा कार्यक्रम कार्यन्वयनमा लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित