कर्णाली भलिबल संघ अध्यक्षमा ईश्वरबहादुर शाही

कर्णाली भलिबल संघ अध्यक्षमा ईश्वरबहादुर शाही

सुर्खेत — कर्णाली प्रदेश भलिबल संघको चौथो अधिवेशनबाट ईश्वरबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

सुर्खेतमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा गणेशबहादुर विष्ट, महासचिवमा खेमराज केसी र कोषाध्यक्षमा नैनसरा बुढा निर्वाचित भएका छन्। सदस्यमा भुपेन्द्रकुमार डिसी, लक्ष्मीबहादुर रावल र बाबुराम सुनार निर्वाचित भएका छन्।

अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय सचिव भोमबहादुर श्रेष्ठ ९संगम० र कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ सहभागी थिए। उनीहरूले नयाँ कार्यसमितिले आउँदै गरेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उल्लेखनीय भूमिका खेल्ने बताए। नयाँ नेतृत्वले प्रतियोगिताको तयारीसँगै कर्णालीमा भलिबलको विकास र खेलाडी उत्पादनमा पनि ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिए।

नयाँ कार्यसमितिले दसौं राष्ट्रिय खेलकुदको तयारीसँगै कर्णालीमा भलिबल विकास र प्रतिभावान् खेलाडी उत्पादनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित