Online News Khabar

वडाअध्यक्ष वुढाले आफैले चलाएर गाउँमै पुराए एम्बुलेन्स

1k
SHARES
1.2k
VIEWS
Oplus_16908288

कालिकोट – सान्नित्रिवेणी गाउँपालिका वडा नं२ का अध्यक्ष बशन्त वुढाले काठमाडौ बाटै आफैले एम्बुलेन्स चलाएर गाउँमै पुराएका छन ।
गाउँमा पहिलाे पटक एम्बुलेन्स आफैले चलाएर पुराएपछी बाजागाजा सहित भव्य स्वागत गरेका हुन् ।

पालिकाले कार्यविधि बनाएर उपाध्यक्ष काे समितिमा रहेर अवस्था हेरेर बिरामी सेवा दिने अध्यक्ष वुढाले बताए ।
गरिब, जेहेन्दार, दुर्घटना सम्बन्धि का बिरामीलाई निशुल्क सेवा दिने र अन्य बिरामीलाई बिधि निर्माण गरेर सेवा दिने उनकाे भनाई छ ।
काठमाडौ महानगरले दुर्गमलाई एम्बुलेन्स दिने भनेपछि म आफैले फम भरेर पठाएपछि निरन्तर माग र सम्पर्कमा रही काम गरेपछी अहिले एम्बुलेन्स पाएका हाै अध्यक्ष वुढाले भने, खरिद रकु स्वास्थ्य चाैकिकाे नाममा भयाे । याे एम्बुलेन्सले पालिकाभरि सेवा दिने छ । अध्यक्ष वुढाले भने, निशुल्क सेवा दिने मन थियाे । आफुले चाहेर पनि नहुदाे रैछ । एम्बुलेन्स नियमित संचालनका लागि भएपनि केहि शुल्क निर्धारण गरेर पालिका भरी सेवा दिने छाै । हाम्राे माग वडाका लागि निशुल्क सेवा दिने भनेका छाै । अव कार्यविधि बनाएर अगाडि बढ्ने छाै ।
उनले थपे , राजनीति बिसुद्व सेवा र पराेपकारी हाे पछिल्लो समय त्याे हुन सकेन पेषाका रूपमा गयाे । भष्टचार र अनियमितता हुन थाल्याे यसलाई कसरि अन्त्य गर्ने भन्ने बिषयमा हामि लागि परेका छाै । यसमा जनताले मताधिकारकाे समयमा वुझ्ने छन अध्यक्ष वुढाले भने ।

शक्रवार एक कार्यक्रमका बिच बाजागाजा सहित गाडिलाई स्वागत गरेका छन । गाउँपालिका अध्यक्ष माेहन केसि, स्वास्थ्य कर्मि जनप्रतिनिधि लगायतलाई एम्बुलेन्समा राखेर गाउँमा भव्य बाजागाजा सहित स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित