Online News Khabar

न्यूनतम सेवा मापदण्डमा ८६ प्रतिशतमा उल्कियो जिल्ला अस्पताल कालिकोट

999
SHARES
1.2k
VIEWS

कालिकोट – न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा स्वास्थ्य सेवा कार्यालय कालिकोट ८६ प्रतिशत अङ्क सहित उत्कृष्ट बनेको छ । समाजिक मन्त्रालय कर्णाली प्रदेश निदेशनालयले गरेको मुल्याङ्कनमा अघिल्लो मुल्यकनमा ८५ प्रतिशत अङ्क कायम राखेको अस्पताले यस मुल्याकनबाट एक प्रतिशतले बृद्धीभई ८६ प्रतिशतमा उल्किएको छ । स्वास्थ्य सेवा कार्यालयको आ.ब. २०८२÷८३ को पहिलो अर्धवार्षिक अवधिको न्यूनतम सेवा मापदण्ड (एमएसएस को अनुगमन तथा मूल्याङ्कन गरी समीक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।

स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतको आयोजनामा सम्पन्न उक्त एम.एस.एस अनुगमन ÷मूल्याङ्कनमा साबिकको स्कोरलाई कायम राख्दै १% ले वृद्धि गरी ८६% स्कोर हासिल गर्न सफल भएको हो। ’अस्पतालको सेवा प्रवाहको तयारी अवस्थाको मूल्याङ्कनमा उत्कृष्ट अस्पताल बनेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य प्रशासक भानुभक्त बस्यालले बताए ।’, उनले भने अस्पतालले दिने सुशासन तथा ब्यवस्थापन, चिकत्सकिय सेवा र फोहोर मैला लगाएतका वस्तुहरुको ब्यवस्थापनमा अन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिएको बताए । केही कुराहरु सुधार गर्नुपर्ने देखिन्छ यो सुधारको बाटोमा लैजानु पर्ने बताए । “मूल्याङ्कन रिपोर्टले अस्पतालको सेवा सुविधामा सुधार आएको भन्दा पनि सेवा प्रवाहको तयारी अवस्थामा उत्कृष्ट छ भन्दा राम्रो होला”, उनले भने।
सेवा सहज र बिस्तार गर्न कागजी रुपमा मात्र हैन वास्तविक रुपमा सुधार हुनु पर्ने प्रमुख जिल्ला अधिकारी गोकणराज सुयले बताए । यो अनगमन मूल्याङ्कनका आधारमा मात्रै अस्पतालको सेवा सुविधापूर्ण रुपमा सुधारिएको भन्न नसकिने बताए । दुर्गम जिल्लामा यतिको स्वास्थ्यमा सुधार ल्याउनु ठुलो भुमिका रहेको समेत बताए । अस्पतालका सेवा निरन्तर र सकरात्मक प्रयत्नले मात्रै नतिजा राम्रो आएको अस्पतालका व्यवस्थापक डा. रत्नबिर सुनारले बताए ।
’अस्पतालको सेवा सुविधा सुधारकालागि हामीले काम गरि रहेका छौँ अहिले त्यै नतिजा देखिएको हो’, उनले भने। गुणस्तरीय सेवामा आफूहरु निरन्तर लागिरहेको बताए। ’अस्पतालको सिङ्गो टिम नै सेवा सुधारमा लागि रहेको छ । जसको परिणाम राम्रो आयो’, उनले भने।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री गोकर्णराज सुयल ज्यूको प्रमुख आतिथ्यता एवं स्वास्थ्य सेवा व्यवस्थापक डा.रत्नवीर सुनार ज्यूको अध्यक्षता तथा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य प्रशासक भानुभक्त बस्याल ज्यूको विशेष आतिथ्यतामा सञ्चालित सो कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय मुगुका डा.निर्मल नगरकोटी र दैलेखका प्रमुख डा.मनोज बिक,ःक्क् संयोजक मोहन चपाईं,ल्क्क्ष् का सुरज श्रेष्ठ ज्यू,तथ्याङ्क अधिकृत कमल सुवेदी लगायत युनिसेफ नेपालका किशोर अवस्थी, र कृष्णहरी मैनाली,उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन जनस्वास्थ्य अधिकृत कटक महतले गरेका थिए । सोही अवसरमा आफ्नो तर्फबाट मेहनत गर्नुहुने विभिन्न विभागीय प्रमुख कार्यलाई संयोजनको जिम्मेवारी सम्हाल्नु भएका डा.दर्शन प्रसाद पाण्डेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। बिभिन्न विभागमा बसेका काम गरिरहेका स्वास्थ्यकर्मिहरुलाई प्रशंसापत्र दिएर सम्मान गरिएको थियो ।
समन्धित फोटो ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित