Online News Khabar

सुर्खेतमा रक्षा संवाददाता अभिमुखीकरण सुरु

887
SHARES
1k
VIEWS

मंसिर ८,सुर्खेत-   नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ ।
कर्णाली प्रदेशका आठ र लुम्बिनी का दुई जिल्ला गरी दश जिल्लाका २४ जना पत्रकारहरूको सहभागितामा सुर्खेतस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरमा मंसिर ८ गतेदेखी मंसिर ११ गतेसम्म अभिमुखीकरण कार्यक्रम हुने छ । अभिमुखिकरण कार्यक्रमको संचालन उपसेनानी श्री शिर्जना नेपाल (न्यौपानेले)े गर्नु भएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै, उत्तर पश्चिम हेटकटरका पृत्तनापती श्री दिपेसजंग शाहको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य पत्रकारहरूलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका, र विविध गतिविधिहरूको बारेमा सुसूचित गर्नु रहेको पृतनापति शाहले बताएका छन । कार्यक्रममा सेनाले राष्ट्रको सुरक्षादेखि विकास र संरक्षणका क्षेत्रमा गरिरहेका योगदानलाई विशेष रूपमा उजागर गरिएको थियो । साथै उनले अहिले बिशम परिस्थितीमा भदौ २३ र २४ गतेको आन्दोलनका बिषयमा अभिमुखिकरणमा समिक्षा र प्रश्न नगर्न पत्रकारलाई आग्रह गरेका थिए । पहिलो दिनको कार्यक्रममा प्रमुख सेनानीहरु संजय अधिकारी, वरुण केसी, महासेनानी जिवन कार्कि,ज्योती कटवालले पत्रकार आचारसहिंता र अन्य सुरक्षा संवेदनशिलका बिषयमा प्रस्तुती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित