- कालिकोट – नेकपा(एमाले) जिल्ला कमिटी कालिकोटले कर्णाली प्रदेश इन्चार्ज गोरख ब बोगटीको प्रमुख आतिथ्यमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
भेलालाई सम्बोधन गर्दै गोरख बोगटीले
अहिले नेपाली समाज विभित्र खाले उतारचढावबाट गुर्जिरहेको छ। यसलाई सहि बाटोमा ल्याउन राजनीतिक दल नै आवश्यक हुन्छन् । किनकि नेपालमा संघियता सहितको लोकतान्त्रिक देश हो । लोकतान्त्रिक राज्यव्यवस्थामा दलको भूमिका प्रमुख हुन्छ। दललाई मान्दैन लोकतन्त्र मान्छु भन्ने कुरा अवुजले मात्र भन्न सक्छ प्रणाली बुझेकाले दलको भूमिकालाई नकार्न सक्दैन ।
नेपालको सन्दर्भमा नेकपा(एमाले) लोकतान्त्रिक व्यवस्थाका निम्ति निर्णायक भूमिका भएको राजनीतिक दल हो । यहीँ लोकतन्त्र ल्याउनका निम्ति कमरेड केपी ओली १४ बर्ष जेल बस्नु परेको थियो ।
अहिले नेकपा(एमाले) पार्टीको एघारौं महाधिवेशनको संघारमा छ। पार्टीको महाधिवेशनलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । कति नेताहरू मौकामा चौका हान्न सकिन्छ कि भन्ने उदेश्यका साथ आफ्ना मत राखेकोपनि देखिन्छ । तर अहिले एमाले र देशको आवश्यकता केपी ओली नै हो। पार्टी आसन्न एघारौं महाधिवेशनबाटपनि केपी ओली नै अध्यक्ष हुने कुरामा आम एमाले पंक्तिमा कुनै विवाद छैन । तर एमालेमा विवाद छ भन्ने हिसाबले केही प्रायोजित समाचार आएको देखिन्छ त्यसमा नलाग्न भेलामा इन्चार्ज गोरख बोगटीले पार्टीका कार्यकर्तालाई निर्देशन सहित आफ्नो भनाइ राख्नु भएको छ । साथै उक्त भेटघाट भेलमा कुरा राख्ने पूर्व अध्यक्ष जसी पाण्डे,मीन ब शाही लगायतका सबै कालिकोटका नेताहरूले बताएका छन, समृद्धि नेपाल सुखी नेपालीको गन्तव्य केपी ओली कै नेतृत्वमा अझ सशक्त भएर एमाले लाग्नुपर्छ ।


















Discussion about this post