Online News Khabar

१४ दिन बित्यो बेपत्ता वडाध्यक्ष अझै भेटिएनन्

898
SHARES
1.1k
VIEWS

 

कालिकोट – रास्कोट नगरपालिका–८ फुकोटका वडाध्यक्ष मनिराज बराल १४ दिनदेखि बेपत्ता भएका छन् । प्रहरी र स्थानियले अध्यक्ष वरालको खोजिगर्दा उनले लगाएको कोट शान्तिघाट स्थित कर्णाली नदिको किनारमा च्यातिएको अवस्थामा भेटिएको थियो । स्थानिय उदयनन्द वरालका अनुसार नदिमा हाम फालेको भए अहिलेसम्म लास भेटिनु पर्ने कही भागको भएपनी काही कतै कसैले भेटाएको हुनु पर्ने अहिलेसम्म सम्पर्कमा छैनन उनले भने ।
१४ दिन बित्दा पनी अध्यक्ष वरालको लास भेटिएको छ न सासनै ।
भदौ १७ गते बुधबार बेलुकी रास्कोट–५ लामा सिनस्थित ससुराली जाने भनेर हिँडेका बराल बेपत्ता भएका हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट चुनाव जितेका जनप्रतिनिधि हुन् । बेपत्ता बरालका पत्नी, एक छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित