कालिकोट जिल्ला प्रशासनद्धारा बिहानी सेवा सुरु

कालिकोट जिल्ला प्रशासनद्धारा बिहानी सेवा सुरु

कालिकोट – जिल्ला प्रशासन कार्यालय कालीकोटले बिहानी सेवा सुरु गरेको छ । सेवाग्राहीको चापलाई मध्यनजर गर्दै मङ्गलबार बिहानी ८ देखि साँझ ६ बजेसम्म सेवा सुरु गरेको हो ।

नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताका लागि अध्यवधि गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भनेपछि त्यसका लागि प्रायः वृद्धवृद्धा जिल्ला प्रशासन कार्यालय पुग्ने गरेका छन् । उनिहरुको सहजताका लागि अर्को व्यवस्था नहुँदासम्मयो सेवा सुचारु रहने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका साहयक प्रमुख जिल्ला अधिकारी जनकप्रसाद शर्माले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्यालयको सेवा अबधि बढाएको बताउनुभयो । उनले सेवाग्राहीको चाप नघटेसम्म यो समयमा कार्यालयबाट सेवा सञ्चालन हुने बताए।

सदरमुकाम मान्मबाट १८ कोष टाडा पलाँता क्षेत्रका नागरिकहरुले धेरै दुःख पाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बिहानी सेवा सुरु गर्न बाध्य भएको हो । पलाँता लगायत जताका पनि वृद्धवृद्धा राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासनमा आउने भएकाले सेवा छिटो होस भनेर बिहान ८ बजेदेखि सेवा दिन आजबाट सुरु गरेको सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका कम्प्युटर अप्रेटर उज्वलवहादुर शाहीले बिहानी सेवा सुरु हुँदा दिनको समयमा चाप कम हुने विश्वास व्यक्त गरे ।
फोटो ः
जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउनका लागी आएका सेवाग्राही ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित