कालिकोटमा मनाइयो लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

कालिकोटमा मनाइयो लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

 

कालिकोट-  देशभर जस्तै कालिकोटमा पनी लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।
प्रहरी साझेदारी कार्यक्रम र जिल्ला प्रशासन कार्यालयको आयोजनामा आयोजित बजार परिक्रममा पछी जिल्ला प्रशासनमा कोणसभाको आयोजना गरी मनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईको सभा अध्यक्षता, जिल्ला समन्वय समितीका प्रमुख धनजितबहादुर शाहीको प्रमुख आतिथ्यता, खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीको विषेश आतिथ्यता,मा प्रहरी प्रमुख टेकबहादुर रावत, अनुसन्धान अधिकृत,कार्यालय प्रमुख, पत्रकार महासंघका अध्यक्ष लगायतको सहभागितामा भएको कार्यक्रममा ‘स्वास्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता ः लागू औषध अपराध विरुद्धको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहभागिहरुले बोल्दै लागू औषध रहित समाज निर्माणमा सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

देशको मेरुदण्डको रुपमा रहेका युवा कुलतमा फस्नु दुभाग्यपूर्ण रहेको बताउँदै युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिन आग्रह गरे।
कार्यक्रममा बोल्ःदै प्रहरी प्रमुख रावतले लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका क्रियाकताप गैर कानुनी हुन्’ थापाले भने, ‘यस्तो क्रियाकलापमा संलग्नलाई कडा कारवाही त हुन्छ नै। यसले स्वयम् प्रयोगकर्ताको स्वास्थ्यमा असर पार्नुका साथै देशको सामाजिक र आर्थिक अवस्था पनि कम्जोर बनाउँछ।’

लागूपर्दाथ प्रयोग कर्तालाई पुनस्थापन गरी आयआर्जनका क्षेत्रमा लगाउन पनि आग्रह गरे। यसका लागि सबै भन्दा ठुलो भूमिका परिवार स्वयम्को हुनुपर्नेे बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित