शिक्षक संगठनको केन्द्रिय अध्यक्षमा कालिकोटका शाही निर्वाचित

शिक्षक संगठनको केन्द्रिय अध्यक्षमा कालिकोटका शाही निर्वाचित

८ असार, कालिकोट। नेकपा एमालेका शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । शाही निवर्तमान महासचिव हुन् ।

कालिकोटमा जन्मेर नेकपा एमाले निकट शिक्षक संगठन जस्तो ठुलो संगठनको केन्द्रिय अध्यक्ष बन्नु पश्चिम नेपालको सौभाग्य मानिएको छ । सितिमिती कुनैपनी संगठनको नेतृत्व गर्ने अवसर पाउन मुस्किल रहदै आइरहेको बेला हंस शाहीको बिजयीले केही अर्थ रहने देखिन्छ । निर्वाचित शाही खाँडाचक्र नगरपालिका वडा नं ५ निवासी घोडेना मावीका शिक्षक हुन ।

काठमाडौंमा सम्पन्न भएको १४औं राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । नयाँ कमिटीको वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित