Online News Khabar

थामकोटको सिंगो गाउँनै इन्फ्लुएन्जाका बिरामीले संक्रमित

896
SHARES
1.1k
VIEWS

 

कालिकोटको खाडाचक्र नगरपालिकाको थामकोट सिंगो गाउँमा इन्फ्लुएन्जाका बिरामी भेटिएका छन ।
एकैदिन १५ देखी २५ जनाको संख्यामा बिरामी जिल्ला अस्पतालमा भर्ना भएपछी अस्पतालले थामकोट र अन्य बस्तिमा चिकित्सक सहितको टोली शुक्रवार थाम र कायाँगडा बस्तिमा चेकजाँच तथा उपचार शिबिर संचालन गर्दा सिंगो गाउँनै इन्फ्लुएन्जा संक्र्मित भएको उपचारमा संलग्न डा.दर्शनप्रसाद पाण्डेले जानकारी दिएका छन ।
धमाधम बिरामी अस्पताल भर्ना भरीभराउ हुन थालेपछी थामाकोट गाउँमा चेकजाँच तथा उपचार गर्न बस्तिमै छिरेको डा. पाण्डेले बताए ।
उनका अनुसार स्वास्थ्य सेवा कार्यालय र खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा चिकित्सक सहितको टोलीले शुक्रवार एकैदिन सयभन्दा बढी बिरामी फेला परेका छन । अहिले सामान्य ज्वरो रोकथामको लागी उपचार गरिरहेका छौ । चेकजाँच गरिएका मध्य ५ जना बालबालिकामा एकसय २ डिग्री भन्दा माथी ज्वरो देखिएको छ । उनिहरुको अवस्था सिरीयस रहेको छ । यसको चेकजाँच तथा रोकथामको लागी सव किट जिल्ला अस्पतालमा छैन । किट प्रदेश अस्पतालदेखी माग मागरेका छौ भोलीसम्म किट जिल्लामा पुग्ने कुरा छ ।

उनले थामकोटमा महामारीको रूप लिएको जनाउँदै बिरामी पर्नेमा अधिकांश बालबालिका रहेको बताए । ‘गाउँमा अवस्था जटिल छ,’ उपचारमा संलग्न डा. दर्शन पाण्डेले भने, ‘ प्रदेशबाट थप औषधि र किट माग गरेका छौ  ।’। बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ । वडा २ का अध्यक्ष कविन्द शाहीले गाउँभरि सिकिस्त बिरामीहरू रहेको बताए । उनको बस्तिमा पनी बिरामी छन् । ‘बच्चादेखि वृद्धसम्म सबै बिरामी छन,’ उनले भने, ‘ आवश्यक किट रऔषधिको कमी हुन सक्ने हुदा हामिले जिल्ला अस्पताल संग समन्वय गरेका छौँ ।
आज मात्र पहिलोदिन चेकजाँच गरेको शाखा प्रमुख रविन्द सेजुवालले जानकारी दिए । वडा र्न २ को थामकोट र गैरागाउँ बस्तीमा शुक्रवार मात्र एकसय बढी इन्फ्लुएन्जा संक्र्मित बिरामी भेटिएको सेजुवालले जानकारी दिए । उनिहरुको चेकजाँच र उपचार भइरहेको छ । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा अन्य क्षेत्रमा पनी महामारीको रूप लिएको थियो ।

सम्बन्धित फोटो ः
१) संक्र्मण फैलिएको स्थान खाँडाचक्र नगरपालिका २ स्थित थामकोट गाउँमा स्वास्थ्य उपचार लिदै बिरामी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित