कालिकोट – गैर सरकारी संस्था महासंघ कालिकोट जिल्लाको अध्यक्षमा दिलीप कुमार शाही निर्वाचित भएका छन ।
शुक्रवार सदरमुकाम मान्ममा भएको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा हुरेन्डेक नेपालका जिल्ला व्यवस्थापक समेत रहेका दिलिप कुमार शाहीलाई भेलाले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेका हुन् ।
उपाध्यक्षमा भिडिसेफ नेपालका संयोजक राजेन्द्र सहकारी, सचिवमा पेडसन नेपालका रमेश नेपाली, सहसचिवमा हुर्डेक नेपालका पंखबहादुर मल्ल र कोषाध्यक्षमा हिमालयन स्रोत विकास केन्द्रका पार्बति चौलागाँई सर्वसम्मत चयन भएका हुन । अध्यक्ष शाहकिो नेतृत्वमा सदस्यहरु डिलबहादुर रोकाया सेप्ड्रा,मनभुजा परियार,भरत बहादुर मल्ल,सोनिका काफ्ले,भरत पाण्डे,सरला बम,लगाएत सम्पूर्ण ११ सदस्यीय कार्य समिति बनेको छ ।
Discussion about this post