१६ फागुन २०८१ सुर्खेत ; कर्णाली प्रदेशमा सुशाशनकाे आरम्भ गर्ने अभियानकाे सुरूवात भएको छ। कर्णाली प्रदेश याेजना आयाेगले प्रस्ताव गरेको आयाेजना प्रस्ताव र छनाैट कार्यबिधी- २०८१
लाई कर्णाली प्रदेश सरकारले सुशासनको आरम्भ गर्ने अपेक्षाको रुपमा लिएको जनाएको छ।
विभिन्न चरणमा आयाेगकाे आयाेजनामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश सभाका माननीय सदस्यहरू,विभिन्न मन्त्रालयका सचिवहरूको संयुक्त छलफल पश्चात् माननीय मूख्यमन्त्री,पुर्ब माननीय मुख्यमन्त्री,दलका नेता,दलका मा. प्रमूख सचेतक,बिषयगत समितिका मा.सभापति, प्रदेश सभाका माननीय सदस्यहरूको सुझावलाई समेटेर कर्णाली प्रदेश याेजना आयाेगले समाबेश गरि साझा दस्ताबेज बनाएर छलफल सम्पन्न गरेको थियो। साझा दस्ताबेज बिषयगत मन्त्रालय आर्थिक मामिला तथा याेजना मन्त्रालय मार्फत मन्त्री परिषदमा पेश गरेपछि कार्यबिधी स्वीकृत भएकाे आयोगका सदस्य मा.अशाेक नाथ योगीले जानकारी दिनु भएको छ।
कर्णाली प्रदेशस्तरीय आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ का मूख्य विषयहरु हेर्नुस् ; किन र के का लागि कार्यबिधी
१. दाेश्राे पंचबर्षिय याेजना काे सुशाशन,सामाजिक न्याय र समृद्व कर्णालीकाे साेच लाई पूर्णता दिन एक साझा प्रयासकाे थालनी गरिएकाे छ !
२.आयाेजना प्रस्ताव र छनाेट प्रकृया लाईसमाबेशी,स्थानियकरण,पारदर्शी,बस्तुपरक र यथार्थपरक आयाेजना प्रस्ताव र छनाेट गर्न सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ !
३.पन्ध्र (१५ )लाख भन्दा कम लागतका आयाेजना प्रस्ताव हुने छैनन र आयाेजना बैकमा समाबेश हुने छैनन !
४. प्रदेश सभा सदस्य हरूकाे जिम्मेवारी ,भूमिका र जवाफदेहिता लाई बढावा दिईएकाे छ !
५.बस्ति स्तर,वडापालिका कार्यपालिका र बिषयगत कार्यलय मार्फत आएका आयाेजना मात्र समाबेश हुने भएकाेले आयाेजना हरू बिक्री हुन्छन भनेर लाग्ने गरेकाे आराेपकाे चाेर बाटाे बन्द हुनेछ!
याेजना माग्न प्रदेशमा लाईन लाग्ने र याेजना हालि दिन्छाै भनेर धन्दा चलाउने बिचाैलियाहरू हाबि भएकाे आराेप बाट कर्णाली प्रदेश मुक्त हुनुका साथै दाेहाेराेपना हटेर जानेछ बिश्वास गरिएको छ।
समसदायकाे अपनत्वकाे र दिगाे पना र संरक्षणका लािग बीस (२०)प्रतिशत जनसहभागिता रहने ब्यबस्था छ आयाेजना किनबेच हुने बिकृती र ब्यथिती अन्त्य गर्न कार्यबिधी सारथि बन्ने भएकोले आयोगको साझा प्रयासलाई सकारात्मक रूपमा स्वामित्व ग्रहण गरेर अपनत्त्व लिई कार्यान्वयन प्रकृयामा सम्पूर्ण सराेकारवाला पक्षकाे सहयाेग पुग्ने अपेक्षा आयोगको रहेको र कर्णाली प्रदेश सरकार सुशाशनकाे प्रत्याभूत गराउन लागि परेकाे मा. योगीले हामी संगको कुराकानीमा बताउनु भएको हो।
माननीय मुख्यमन्त्री यामफाल कडँलले आयाेगकाे अध्यक्षता ग्रहण गरेकाे कर्णाली प्रदेश याेजना आयाेगमा ३० बर्ष लामाे याेजना तर्जुमा बजेट निर्माण अनुसन्धान लेखनमा अनुचवी याेगी सहित पदाधिकारीले श्रावण २४ गते सपथ ग्रहण संगै पदभार ग्रहण गर्नु भएकाे हाे कर्नाली आयाेग आयाेग जस्ताे बल्ल भएकाे छ
Discussion about this post