कालिकोट- खाडाचक्र नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत चार महिनादेखि नहुँदा नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । फागुन महिना लाग्दासम्म पनी कार्यालयमा हाकिम नहुदा नगरक्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् ।
प्रशासकीय अधिकृत नभएकै कारण नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनाहरू समेत प्रभावित भएका छन् । नगरपालिका भित्रैका सातौ तहका कर्मचारी प्रवलजंग शाहीलाई मन्त्रालयले नि.प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर ६ महिना काम काज गरेपनी जनप्रतिनिधिको आफु अनुकुलको अधिकृत नहुदा शाहीलाई जिम्मेवारीबाट हटाइएको थियो ।
नगरपालिकाको उपसचिव तहको दरबन्दी भएपनी अहिलेसम्म सातौ तहले नै काम गरेका थिए । जनप्रतिनिधिको अनुकुलको अधिकृत नहुदा हटाउन र राख्ने काम बाहेक अरु केही हुन सकेको थिए । स्थानिय तहले स्थरवृद्धी गरेका अविराज शाहीलाई कार्यपालिकाले प्रमुखको लागी निर्णय गरेपनी मन्त्रालयले कार्यपालिकाको निर्णय विरुद्ध चिठि पठाएपछी अहिले चार महिनादेखी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत बिहिन अवस्थामा छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, कर्मचारीको तलब, सम्पन्न योजनाको रकम भुक्तानी हुन सकेको छैन् । भुक्तानी नभएका कारण श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । विकासका गतिविधिहरू ठप्प भएका छन् ।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने टुङ्गो नभएको नगरप्रमुख कमलबहादुर शाहीले बताए । हामि हाकिम ल्याउनकै लागी काठमाण्डौ छौ । चार महिनासम्म पनी एक हाकिम ल्याउन नसक्नु जनप्रतिनिधि असफल भएको स्थानियले आरोप छन ।
अरु विकासको त कुरा परै छ एक एकजना हाकिम टेकाउन नसक्ने जनप्रतिनिधिले नैतिकताका आधारमा राजिनामा दिएर बस्न नागरिक समाजका अगुवा हिक्मतजंग मल्लले बताए । उनका अनुसार नगरपालिकामा जनप्रतिनिधिको विवादका कारण प्रमुख प्रशासकीय अधिकृत टिक्न नसकेको र योजनाहरूको भुक्तानी नहुँदा कामदारले समेत रकम पाउन सकेका छैनन् ।’ कर्मचारीको तलवदेखी अन्य उपभोक्क्ता समितीका सम्झौता देखी पेश्की लगायतका सामाजिक सुरक्षा भत्ता रोकिका छन । नगरपालिकामा जनप्रतिनिधिहरू आँफैमा विवादमा पर्ने र त्यसको दबाब प्रमुख प्रशासकीय अधिकृत चेपुवामा पर्ने हुँदा नगरपालिकाका विकास निर्माणमा समस्या हुँदै आएको मल्लको भनाइ छ ।
फोटो ः
खाँडाचक्र नगरपालिका
Discussion about this post