Online News Khabar

सात दिन बित्यो :नदिमा बेपत्ता संज्यालको भेटिएन सव

923
SHARES
1.1k
VIEWS
Oplus_131072

पुष दश गते स्काभेटर संगै कर्णाली नदिमा बेपत्ता भएका पचालझरना गाउँपालिका –८ खडितोलीका कुश्माखर संज्यालको सव अझै भेटिन सकेको छैन ।
बेपत्ता भएको दिनदेखी सशक्त प्रहरी बलको गोताखोर टोली, नेपाल प्रहरी र स्थानियहरुले खोज्दा पनी भेटिन नसकेको प्रहरी निरीक्षक गोविन्द चौधरीले बताए ।
चौधरीका अनुसार सुर्खेतदेखी आएको सात जनाको गोताखोर टोलीले घटना स्थलदेखी रंगिलसम्म खोज्दा पनी नभेटिएपछी टोली सुर्खेत फर्केको छ । नदि आसपासका सवै पोष्टमा हामिले पत्रचार गरेका छौ । स्थानिय र प्रहरी चौकिले खोजीकार्य गरिरहेको प्रहरी निरिक्षक चौधरीले बताए ।
सोही गाउँपालिका वडा नं ४ देखी ५ को क्षेत्रमा नदिबाट स्काभेटर तार्न खोज्दा पानीको भेलमा डुब्दा स्काभेटर चालक नवराज मल्ल र कुश्माखर संगै डुवेका थिए । चालक मल्लको स्थानियद्धारा जिबितै उद्धार गरिएको थियो भने संज्याल नदिमै डुवेका थिए । अहिले स्काभेटर चालक मल्लको अवस्था सामान्य रहेको र प्रहरीको सम्पर्कमा रहेका छन । डोजर पानीमै रहेको छ निकालिएको छैन ।
कर्णाली नदिमा पक्की पुल नहुदा जहिलै जोखिम मोलेर गाडीदेखी स्काभेटर तार्ने गरिएको छ ।
स्काभेटर मालिक मुक्तीप्रसाद संज्यालको गत वर्ष पनी खुलालु सडक निर्माणका क्र्ममा डोजर पल्टिदा उनका कान्छा भाइ धिर संज्यालको घटना स्थलमा मृत्यु भएको थियो । भाइ बितेको पर्व दिन नवित्दै फेरी अर्का भाइ कुश्माखरको पनी नदिमा डोजर पल्टिदा बेपत्ता छन। एक वर्षमा दुईभाइ संगै धनमाल को क्षती भएको हो ।
सम्बन्धित फोटो ः
१) बेपत्ता कुश्माखर संज्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित