Online News Khabar

कर्णाली नदिमा स्काभेटर पल्टियाे एक जना न बेपत्ता

1.1k
SHARES
1.3k
VIEWS
Oplus_131072

 

कालिकोट – कालिकोटको पचालझरना ८  चाटेबगर स्थित कर्णाली नदिमा डोजर तार्नेक्रममा स्काभेटर पल्टीदा  सहित एक जना नदीमा बेपत्ता भएका छन । पचालझरना ८  खडतोली निवासी निर्माण ब्यवसायी मुक्ति सन्ज्यालको  डोजर अपरान्न ५ बजे  नदी पार गर्नेक्रममा  डोजर  पल्टीदा  पचालझरना वडा नं ८  खडतोली निवासी कुस्काखर सन्ज्याल बेपत्ता भएका छन ।  चाटेबगरवाट नदीमा तारेर वडा नं ४ मा लैजानेक्रममा डोजर नदीमा पल्टिएको खबर छ ।
पचालझरना गाँउपालिका वडा नं ८ चाटेवगर देखि पचालझरना ४ जारकोट जाने क्रममा कर्णालि नदीमा  डोजर पल्टिए पछि  चालकसंगै रहेका निर्माण ब्यवसयाीका  प्रतिनिधि  कुस्माखर संज्याल बेपत्ता भएको खबर छ ।  कर्णालि नदीमा जे सि बी   मेसिन  सहित  एक जना मान्छे बेपत्ता भएको  पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बमले बताउनु भयो ।  कणालि नदीमा डोजर पल्टिए पछी नदीमा तैरीरहेका चालकलाइ भने स्थानियको सहायतामा उद्वार गरीएको छ भने  पचालझरना ८ का   कुस्माखर  सन्जेल भने बेपत्ता रहेको कालिकोट प्रहरीले  जनाईएको छ ।
खाडाच्रक ८का डोजर चालक  बर्ष ३१  नमरान मल्ललाइ सकुशल उद्वार गरीए पछी उनलाइ  ईलका प्रहरी पचालझरनाको नियन्त्रणका राखि  सोधपुछ गरिरहेको र पचालझरना ८ खडतोलीका  अन्दाजी बर्ष  ४०का  कुस्माखर सन्ज्यालको खोजीकार्य भईरहेको ईलका प्रहरी कार्यालय पचालझरनालाइ उद्वृत गर्दै कालिकोट प्रहरी निमित्त प्रमुख प्रहरी निरिक्षक गोबिन्द चौधरीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित